images

२०८३ आश्विन १९ गते

images
images
images

बेनी नगरको करिब पाँच करोड आन्तरिक राजस्व सङ्कलन

बेनी नगरको करिब पाँच करोड आन्तरिक राजस्व सङ्कलन

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले गएको आर्थिक वर्ष २०८१/०८२ मा करिब पाँच करोड रुपियाँ आन्तरिक आम्दानी सङ्कलन गरेको छ । गत आवको असार मसान्त सम्म नगरपालिकाले चार करोड ९५ लाख २९ हजार आठसय रुपियाँ आन्तरिक आम्दानी गरेको हो । यो अनुमानित आम्दानीको ८५ प्रतिशत प्रगति हो । नगरपालिकाले गएको आर्थिक वर्षमा ६ करोड रुपियाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको थियो ।नगरपालिकाले जिल्ला मालपोत कार्यालय म्याग्दीबाट जग्गा रजिष्ट्रेशन दस्तुरबापत ६७ लाख ४० हजार चारसय ५९ रुपियाँ प्राप्त गरेको छ । यसैगरी, नगरक्षेत्र भित्र रहेका विभिन्न नदी किनारका बगरहरुलाई आय ठेक्कामा लगाएर ३२ लाख नौ हजार रुपियाँ आम्दानी गरेकोमा ६० प्रतिशत प्रदेशलाई बुझाउँदा १९ लाख ७४ हजार रुपियाँ नगरले आम्दानी गरेको छ ।

    images
    images

    विज्ञापन करबाट एकलाख ४६ हजार तीनसय ८५ रुपियाँ र नगरपालिकासहित विभिन्न वडातहबाट चारकरोड ७७ लाख तीनहजार नौ सय ८१ रुपियाँ सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।नगरपालिका अनुसार नगरपालिका कार्यालयबाट दुई करोड ७८ लाख ३१ हजार नौ सय २२ रुपियाँ, वडा नम्बर १ बाट ६ लाख ५० हजार सात सय १७ रुपियाँ, वडा नम्बर २ बाट नौ लाख ११ हजार दुई सय १६ रुपियाँ, वडा नम्बर ३ बाट सात लाख ८० हजार ५९ रुपियाँ, वडा नम्बर ४ बाट दस लाख ४९ हजार ६ सय ३५ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।यसैगरी, वडा नम्बर ५ बाट सात लाख ८३ हजार सात सय ८२ रुपियाँ, वडा नम्बर ६ बाट चार लाख ९० हजार दुई सय चार रुपियाँ, वडा नम्बर ७ बाट २० लाख ७४ हजार ६ सय ७२ रुपियाँ, वडा नम्बर ८ बाट ४३ लाख १९ हजार ३८ रुपियाँ, वडा नम्बर ९ बाट १४ लाख दस हजार चार सय ३६ रुपियाँ र वडा नम्बर १० बाट चार लाख ६१ हजार सात सय ६७ रुपियाँ राजस्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।

    ढुङ्गा, बालुवाको आम्दानी बाहेक नगरपालिकाले व्यवसायको सिफारिस दस्तुर, नक्सा पास, सरकारी सम्पत्तिको भाडा, घरवहाल कर, भूमी कर, व्यक्तिगत घटना दर्ता, व्यवसाय कर, नाता प्रमाणित लगायतका करहरु सङ्कलन गरेर आन्तरिक आम्दानी गर्ने गरेको छ ।नगरपालिकाले आन्तरिक आम्दानीको स्रोतको खोजी र करको दायरालाई फराकिलो बनाउँदै लगेकाले अघिल्लो वर्षभन्दा आन्तरिक आम्दानी वृद्धि भएको नगरप्रमुख सुरत केसीले बताउनुभयो । चालु आर्थिक वर्षमा आन्तरिक आम्दानीको स्रोतको खोजी र कर संकलनलाई कडाई गरेर आगामी दिनमा नगरपालिकाले आन्तरिक आम्दानी बढाउने लक्ष्य लिएको नगरप्रमुख केसीले बताउनुभयो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend