images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • प्यासेन्जर ईभीको आयातमा वृद्धि, १३ हजार...

प्यासेन्जर ईभीको आयातमा वृद्धि, १३ हजार ५७८ युनिट प्यासेन्जर ईभी आयात

प्यासेन्जर ईभीको आयातमा वृद्धि, १३ हजार ५७८ युनिट प्यासेन्जर ईभी आयात

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौँ ।  गत आर्थिक वर्ष विद्युतीय प्यासेन्जर गाडीको आयात अघिल्लो वर्षको तुलनामा करिब १४ प्रतिशतले वृद्धि भएको छ ।  भन्सार विभागले मंगलवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ माको तथ्याङ्कले यस्तो देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५७८ युनिट प्यासेन्जर ईभी आयात भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७०१ युनिट आयात भएका थिए।त्यस्तै, प्यासेन्जर ईभीको आयातबाट सरकारले १९ अर्ब ७० करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । कमर्सियल ईभीको आयात अघिल्लो वर्षको तुलनामा  आर्थिक वर्ष २०८१÷८२ मा ७३ प्रतिशतले बढेको छ । 

    images
    images

    गत वर्ष ११ अर्ब ६ करोड रुपैयाँ बराबरका ३ हजार ८१३ युनिट कमर्सियल ईभी आयात भएका छन् । यसबाट सरकारले २ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो वर्ष १ हजार ५ युनिट कमर्सियल ईभी आयात गरिएको थियो।त्यस्तै, बाइक र स्कुटर गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैयाँ बराबरका २ लाख १ हजार युनिट बाइक र स्कुटर आयात गरिएको छ । यसबाट सरकारले २४ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो वर्ष १ लाख ३४ हजार ५५६ युनिट बाइक र स्कुटर आयात गरिएको थियो।इन्धन प्यासेन्जर गाडीको आयात पनि बढेको देखिएको छ। गत आर्थिक वर्ष ६ अर्ब ९३ करोड रुपैयाँ बराबरका ४ हजार ९७८ युनिट इन्धन प्यासेन्जर गाडी आयात भएका छन्। यसबाट सरकारले १६ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो वर्ष ४ हजार २४६ युनिट इन्धन प्यासेन्जर गाडी आयात भएका थिए।

    यस्तै कमर्सियल इन्धन गाडी ७ अर्ब २८ करोड रुपैयाँ बराबरका ४ हजार २३७ युनिट आयात भएका छन्। यसबाट सरकारले ७ अर्ब ३६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।आयातमा छिमेकी मुलुक चीनको एकलौटी वर्चस्व देखिएको छ। तथ्याङ्कअनुसार, चीनबाट मात्रै विद्युतीय प्यासेन्जर १०,२०७ वटा विद्युतीय गाडी आयात भएका छन्, जुन कुल सङ्ख्याको लगभग ७५ प्रतिशत हो।चीनपछि विद्युतीय गाडी आयात गर्नेमा भारत दोस्रो स्थानमा छ। भारतबाट पछिल्लो एक वर्षमा विद्युतीय प्यासेन्जर  ३,२४६ वटा गाडी भित्रिएका छन् । अन्य देशहरूबाट भने निकै कम सङ्ख्यामा गाडी आयात भएका छन्। विद्युतीय प्यासेन्जर मलेसियाबाट ५०, जर्मनीबाट ४५, संयुक्त राज्य अमेरिकाबाट ११, दक्षिण कोरियाबाट ६ र इन्डोनेसियाबाट ४ वटा गाडी मात्र आयात भएका छन्।

    images
    images

    त्यस्तै, पछिल्लो एक वर्षमा नेपालले ९ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय यात्रुवाहक सवारी साधन आयात गरेको छ । जसमा चीनको लगभग शतप्रतिशत वर्चस्व देखिएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८१÷८२ को हालसम्मको अवधिमा कुल ३,१३२ वटा विद्युतीय बस, मिनीबस, र माइक्रोबस भित्रिँदा सरकारले २ अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।सरकारले सार्वजनिक यातायातलाई विद्युतीकरण गर्ने नीति लिएसँगै ठुला विद्युतीय सवारीको आयात ह्वात्तै बढेको देखिएको छ ।  कुल आयात भएका ३,१३२ सवारीमध्ये ३,१३१ वटा चीनबाट मात्रै आयात भएका छन् भने भारतबाट केवल एउटा बस भित्रिएको छ।तथ्याङ्कअनुसार, यी सवारी साधनहरूको कुल आयात मूल्य ९ अर्ब ४८ करोड २५ लाख २७ हजार रुपैयाँ रहेको छ। यिनको आयातबाट सरकारले भन्सार महसुल र अन्य करबापत २ अर्ब १० करोड ७८ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

    ८५ वटा हाइब्रिड गाडी आयात

    पछिल्लो एक वर्षमा नेपालमा ३६ करोड ६८ लाख रुपैयाँ बराबरका हाइब्रिड गाडी आयात भएका छन्। भन्सार विभागको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा जम्मा ८५ वटा हाइब्रिड गाडी भित्रिँदा सरकारले आयात मूल्यको दोब्बरभन्दा बढी अर्थात् ८९ करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।विद्युतीय गाडीको तुलनामा हाइब्रिड गाडीको आयात सङ्ख्यात्मक रूपमा कम भए पनि यसमा लाग्ने उच्च करका कारण राजस्व सङ्कलन भने निकै बढी देखिएको छ।हाइब्रिड गाडी आयातमा जापान सबैभन्दा अगाडि देखिएको छ । पछिल्लो एक वर्षमा जापानबाट सबैभन्दा धेरै ३० वटा हाइब्रिड गाडी भित्रिएका छन्। इन्डोनेसियाबाट २६ वटा गाडी आयात भएका छन्।

    कुल ३६ करोड ६८ लाख ८५ हजार रुपैयाँ मूल्यका हाइब्रिड गाडी आयात हुँदा सरकारले भन्सार महसुल र अन्तःशुल्कबापत ८९ करोड ४५ लाख ३ हजार रुपैयाँ राजस्व उठाएको छ।सरकारले पूर्ण विद्युतीय गाडीमा भारी कर छुट दिएको छ भने पेट्रोल र विद्युत् दुवैबाट चल्ने हाइब्रिड गाडीमा भने उच्च कर लगाउँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend