images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • यी हुन् सरकारको धेरै लगानी भएका...

यी हुन् सरकारको धेरै लगानी भएका १० सार्वजनिक संस्थान

यी हुन् सरकारको धेरै लगानी भएका १० सार्वजनिक संस्थान

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौँ । सरकारले सार्वजनिक संस्थानमा ३ खर्ब ९५ अर्ब १९ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ११८ संस्थानमा सो बराबरको लगानी गरेको हो ।त्यसमध्ये संस्थापक शेयरमा ३ अर्ब ७३ करोड ६६ लाख, अग्राधिकार शेयरमा ९ अर्ब ७९ करोड तथा अन्तर्राष्ट्रिय संस्थाको शेयरमा ११ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर लगानी भएको छ । 

    images
    images

    यसमध्ये सबैभन्दा धेरै लगानी भएको सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरण रहेको छ । प्राधिकरणमा कुल १ खर्ब ८१ अर्ब ३३ करोड लगानी रहेको कार्यालयले जनाएको छ । त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणमा ६२ अर्ब ७४ करोड, नेपाल टेलिकममा १६ अर्ब ४७ करोड, राष्ट्रिय वाणिज्य बैंकमा १५ अर्ब ६३ करोड र कृषि विकास बैंकमा १३ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर लगानी रहेको देखिएको छ । 

    त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीमा १२ अर्ब ४७ करोड, नेपाल आयल निगममा १० अर्ब ९४ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषमा ९ अर्ब, नेपाल बैंक लिमिटेडमा ७ अर्ब ४९ करोड तथा अन्तर्राष्ट्रिय मुद्रा कोषमा ६ अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर लगानी रहेको देखिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend