images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • काँकरभिट्टा नाकाबाट २२ अर्बको कृषिजन्य वस्तु...

काँकरभिट्टा नाकाबाट २२ अर्बको कृषिजन्य वस्तु निर्यात

काँकरभिट्टा नाकाबाट २२ अर्बको कृषिजन्य वस्तु निर्यात

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  •  झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २२ अर्ब १६ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसो लगायत छन् ।

    images
    images

    गत आवमा सबैभन्दा धेरै चिया नौ अर्ब ५५ करोड ८५ लाख, अलैँची छ अर्ब ५९ करोड २० लाख, प्लाइ तथा भेनियर तीन अर्ब ८५ करोड ७१ लाख, अम्लिसो एक अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।साथै अदुवा २७ करोड २६ लाख, बन्दा आठ करोड ६० लाख, जडीबुटी नौ करोड १३ लाख, मसुरो दाल नौ करोड सात लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

    सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट तीन अर्ब ४६ करोड एक लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ ।आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १७ करोड ७० लाख ७२ हजार, चामल नौ करोड २७ लाख, ताजा तरकारी ३८ करोड ३२ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ ।यसैगरी ताजा फलफूल ३८ करोड ११ लाख, लसुन रु ६४ करोड १५ लाख, आलु ७३ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend