images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • रसुवा बाढी : २८ करोड बढीको...

रसुवा बाढी : २८ करोड बढीको बीमा दाबी

रसुवा बाढी : २८ करोड बढीको बीमा दाबी

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो ।

    images
    images

    शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ । नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँ बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको नौ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

    त्यसैगरी, युनाइटेड अजोडमा ६८ लाख रुपैयाँ बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको सात वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बीमा दाबी परेको छ । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजना लगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend