images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आज साँझदेखि सिद्धार्थ राजमार्गमा गाडी चलाउन...

आज साँझदेखि सिद्धार्थ राजमार्गमा गाडी चलाउन कास्की प्रशासनले लगायो रोक

आज साँझदेखि सिद्धार्थ राजमार्गमा गाडी चलाउन कास्की प्रशासनले लगायो रोक

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार साँझदेखि सिद्धार्थ राजमार्गमा सवारी साधन चलाउन रोक लगाएको छ ।कास्कीको छोरेपाटनबाट सिद्धार्थ राजमार्ग भएर लामो दुरीका सवारी साधन आज साँझ ४ बजे र छोटो दुरीका सवारी साधन साँझ ५ बजेबाट चलाउन प्रशासनले रोक लगाउने निर्णय गरेको हो ।

    images
    images

    कास्की जिल्लाका विभिन्न स्थानमा शनिबार रातिदेखि भारी तथा मध्यम वर्षा भइरहेको र अझै केही दिन भारी वर्षा हुन अनुमान जल तथा  मौसम विज्ञान विभागले गरेकोले सुरक्षा सतर्कताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।‘…मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि जिल्ला सुरक्षा समिति, स्याङ्जासँगको समन्वय र जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट जारी सूचना समेतका आधारमा जिल्ला सुरक्षा समिति, कास्कीको ४ साउनको निर्णयानुसार कास्की जिल्लाबाट स्याङ्जा हुँदै सिद्धार्थ राजमार्ग भई चल्ने अत्यावश्यक सेवा बाहेकका लामो दुरीका सवारी साधनहरू ४ साउन साँझ ४ बजेपछि र छोटो दुरीका सवारी साधनहरू साँझ ५ बजेपछि प्रस्थान बिन्दु (कास्की जिल्लाको छोरेपाटन ) बाट गन्तव्य स्थानका लागि सञ्चालन नगर्नु नगराउनुहुन र अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन गर्नुपर्ने अवस्थामा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछौँ’ प्रशासनले जारी गरेको सूचनामा छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend