images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या...

खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या दोब्बर बढीले बढ्यो

खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या दोब्बर बढीले बढ्यो

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमााडौँ । धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरुको संख्या दोब्बर बढीले वृद्धि भएको छ ।साउन १ गतेबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ला गरिएको छ । समय थप भएपछि धरहरा हेर्न आउनेहरुको संख्या दोब्बरभनदा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।

    images
    images

    ‘विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्ँम टिकट खुल्छ । विहान साढे ८ देखि बेलुकी ९/८ बजेसम्म अहिले सेवाग्राहील धरहरा चढिरहनुभएको छ,’ इकाई प्रमुख राइले भने, ‘समय थप हुँदा निक्कै राम्रो भएको छ । धरहरा हेर्न आउनेहरुको साख्या विगतमा भन्दा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ ।’पहिला धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको हो ।

    पहिला दैनिक करिब १२ सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन्।साउन १ गते २५ सय जनाले, २ गते २ हजार ६ सय ३१ र ३ गते ३ हजार ५ सय ७ जनाले अवलोकन गरेका राईले बताए । साउन १ देखि ३ गतेसम्ममा १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ संकलन भएको छ।धरहरा अवलोकनका क्रममा भेटिएकी धादिङकी कल्पना तामाङले धरहरा चढ्दा दिउँसो भन्दा बेलुका रमाइलो लागेको बताइन् ।

    images
    images

    ‘बेलुकाको काठमाडौंको झिलिमिली दृश्य धरहराबाट हेर्दा एकदमै मनमोहक देखिँदो रहेछ । विहान,दिउँसो भन्दा बुलकाको दृश्य झनै राम्रो लाग्यो,’ उनले आफ्नो भनुभव सुनाइन् । ०८१ मंसिर देखि ०८२ असार मसान्तसम्ममा ५ करोड १२ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ धरहरा चढ्नेहरुबाट संकलन भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend