images

२०८३ आश्विन १९ गते

images
images
images

सुनसरीमा ६ करोड ९० लाख मूल्य बराबरका सामान सशस्त्र प्रहरी बलद्धारा बरामद

सुनसरीमा ६ करोड ९० लाख मूल्य बराबरका सामान सशस्त्र प्रहरी बलद्धारा बरामद

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौँः सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१।८२ मा ६ करोड ९० लाख ३९२ बराबर भन्सार छली गरिएका तथा बिलबिजक नभएका सामान बरामद गरेको छ।

    images
    images

    गणअन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले यस अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लेखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

    भन्सार छली गरेर भित्र्याइएका ती अवैध सामग्री सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको बताए । सोही अवधिमा  १८ लाख ७५ हजार एक सय ३५ मूल्यका बिलबिजक नभएका सामान बरामद गरी राजस्व कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    images
    images

    भन्सार छली तथा अवैध ओसारपसारमा सङ्लग्न ६४ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ । पूर्वी नाका मार्फत हुने भन्सार छली, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रणमा सघन निगरानी बढाइएको गण प्रमुख थापाले बताए ।

    सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा सुनसरीका प्रवक्ता सुधिरजङग थापाले सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाई सीमा सुरक्षा मजबुत बनाइएको बताए  । स्थानीय समुदायसँगको सहकार्यमा उपलब्ध स्रोतसाधन, जनशक्ति र प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रणमा जोड दिइएको बताए  ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend