जापानमा चामलको मूल्य जुन महिनामा गत वर्षको तुलनामा ९९.२ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ, जसले आगामी निर्वाचनअगाडि प्रधानमन्त्री शिगेरु इशिबामाथि दबाब थपेको छ ।
इशिबाको प्रशासनको सार्वजनिक समर्थन जीवनयापन खर्चको वृद्धि, मुद्रास्फीति, विशेषगरी चामलको मूल्य बढ्नु र सत्तारूढ दलभित्रका घोटालाका कारण सबैभन्दा तल्लो स्तरमा खसेको छ ।चामलको मूल्य वृद्धि दुई वर्षअघि आएको अत्यधिक गर्मीका कारण फसलमा परेको क्षति, व्यापारीहरूको भण्डारण र सरकारी चेतावनीपछि भएको आतङ्कित खरिदारीका कारण भएको बताइएको छ ।
सरकारले आपत्कालीन भण्डार जारी गरेको भए पनि मूल्य नियन्त्रणमा चुनौती आइरहेको छ । अमेरिकी भन्सार शुल्क र मुद्रा अवमूल्यनका कारण मुद्रास्फीतिको दबाब बढ्ने सम्भावना रहेको छ भने बैंक अफ जापानले मौद्रिक नीति कडा बनाउँदै आएको भए पनि अमेरिकी करको प्रभावले त्यसमा सतर्कता अपनाउन बाध्य भएको छ ।विशेषज्ञहरूले जनवरी वा डिसेम्बरमा ब्याजदर वृद्धि हुने सम्भावना रहेको बताएका छन् ।




.gif)





