images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • विनोद कुकवेयर ईन्डियाका लागि पूर्णिमा श्रेष्ठ...

विनोद कुकवेयर ईन्डियाका लागि पूर्णिमा श्रेष्ठ ब्रान्ड एन्डोर्सरमा नियुक्त

विनोद कुकवेयर ईन्डियाका लागि पूर्णिमा श्रेष्ठ ब्रान्ड एन्डोर्सरमा नियुक्त

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं, श्रावण १, २०८२,दक्षिण एशियाको ६० वर्षभन्दा लामो इतिहास बोकेको एक अग्रणी किचन वेयर ब्रान्ड ‘विनोद कुकवेयर ईन्डिया’ ले नेपालमा आफ्नो उत्पादनको प्रवद्र्धनका लागि नेपालको “आइरन लेडी“ भनेर चिनिने सुप्रसिद्ध पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सर रूपमा नियुक्त गरेको छ । नेपालमा विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू आधिकारिक वितरण भाटभटेनी सँगको सहकार्यमा इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रा.लि. (आईडीपिएल नेपाल) मार्फत उपलब्ध छन्, जसले नेपालभर प्रभावकारी खुद्रा र वितरण सञ्जाल मार्फत बजार विस्तार र ब्रान्ड उपस्थिति सुदृढ गर्दै आएको रमेश श्रेष्ठ बताएका छन् ।

    images
    images

    विनोद कुकवेयर ईन्डिया गुणस्तर, दिगोपन, र स्वस्थ जीवनशैली प्रति गहिरो प्रतिबद्धता राख्ने ब्रान्ड हो । “स्यान्डविच बटम (SAS)“ तथा ट्राईप्लाई (तीन लेयर) प्रविधिको अग्रणीका रूपमा परिचित यस ब्रान्डले स्टेनलेस स्टिल, ट्राइप्लाई, हार्ड एनोडाइज्ड, कास्ट आइरन देखि प्रेशर कुकिङसम्मका भरपर्दा उत्पादनहरू प्रस्तुत गर्दै आएको छ । फिचर र फिनिशमा ध्यान दिँदै,  ब्रान्डले सन्तुलित मूल्य र गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ— जसले एशियादेखि मध्यपूर्व, क्यानडा, अमेरिका युरोप सम्म लाखौं उपभोक्ताको विश्वास जितेको छ । 
    यसै विस्तृत उत्पादन दायरामध्ये, विनोद कुकवेयर ईन्डियाको कास्ट आइरन रेन्ज पनि लोकप्रिय छ—दुई पटक प्री–सीजन गरिएको, रासायनिक कोटिंग रहित र प्राकृतिक नन–स्टिक सतहसहितको टिकाउ संरचनाले यसलाई नियमित भान्साको लागि भरपर्दो बनाएको छ ।

    पूर्णिमा श्रेष्ठसँगको सहकार्यले ब्रान्डको पहिचान र भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउनेछ । २०२४ को मे महिनामा उनले १३ दिनभित्र तीन पटक सगरमाथा चढ्दै गीनिज बुक अफ वल्र्ड रेकर्ड (Guinness Book of world record) मा नाम लेखाएर विश्व कीर्तिमान कायम गरेकी थिइन् । उनले अहिलेसम्म ५ पटक सगरमाथा र ८ वटा ८,००० मिटरभन्दा अग्ला शिखरहरू सफलतापूर्वक आरोहण गरिसकेकी छिन् । उनको दृढता, अनुशासन र आत्मविश्वास  चुलो चौकाबाट माथि उठी पेशामा लागेर आत्मनिर्भर भएका नारीको प्रतिनिधित्व गर्दछ।

    images
    images

    यो सहकार्य मार्फत विनोद कुकवेयर ईन्डियाले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय, सुरक्षित र स्वास्थ्य वद्र्धक किचेनवेयर प्रदान गर्ने लक्ष्य लिएको छ । साथै उपभोक्ताले विनोद कुकवेयर खरिदको लागि गर्नुभएको खर्च भन्दा धेरै सन्तुष्टि प्राप्त गनुहुनेछ ।

    विनोद कुकवेयर ईन्डियाको बारेमा विनोद कुकवेयर ईन्डिया सन् १९६२ मा स्थापना भएको भारतको परम्परागत भान्साजन्य सामग्री उत्पादन गर्ने प्रतिष्ठित ब्रान्ड हो, जसले स्टेनलेस स्टिल, ट्राइप्लाई, हार्ड एनोडाइज्ड, कास्ट आइरन र प्रेशर कुकिङ प्रविधिमा आधारित उच्च प्रदर्शन गर्ने उत्पादनहरू प्रस्तुत गर्दै आएको छ। विनोद कुकवेयर ईन्डिया प्रा. लिमिटेडका दुई ब्रान्डहरू “विनोद कुकवेयर“ र “क्राफ्ट“ छन् ।

    ब्रान्ड विशेष गरी स्टेनलेस स्टिल कुकवेयर र टेबलवेयर उत्पादनमा केन्द्रित छ, जसले उत्कृष्ट गुणस्तर, कार्यशीलता र स्मार्ट डिजाइनमा जोड दिन्छ। विनोद कुकवेयर ईन्डियाले अत्याधुनिक प्रविधियुक्त ठूलो कारखाना मार्फत उत्पादन क्षमतामा उल्लेखनीय विस्तार गरेको छ, जसले नवप्रवर्तन र विश्वासप्रति यसको प्रतिबद्धता प्रमाणित गर्छ। सुरुमा एक ट्रेडिङ कम्पनीका रूपमा स्थापना भई सन् १९८४ देखि उत्पादन व्यवसायमा लाग्दै आएको विनोद कुकवेयर ईन्डियाले परम्परागत सीप र आधुनिक प्रविधिको संयोजनमार्फत उपभोक्तालाई अझ स्वास्थ्यप्रद र अर्थपूर्ण खाना पकाउने अनुभव प्रदान गर्दै आएको छ। एशिया, युरोप र मध्यपूर्वसम्म उपस्थिति विस्तार गरिसकेको यो ब्रान्डले गुणस्तर, नवप्रवर्तन र वास्तविक मूल्य प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend