images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • बुटवलमा १ हजार केभिए क्षमताको स्टेशन...

बुटवलमा १ हजार केभिए क्षमताको स्टेशन खुल्यो

बुटवलमा १ हजार केभिए क्षमताको स्टेशन खुल्यो

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को उपयोग बढ्दै गएको सन्दर्भमा, शशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमा नगरपालिका–३, ड्राइभर टोलमा निर्माण गरेको अत्याधुनिक चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ ।यहाँ एकैपटक १४ वटा सवारी साधन चार्ज गर्न सकिने छ । १ हजार केभिए क्षमताको उक्त चार्जिङ स्टेशनको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले गरेका हुन् ।

    images
    images

    उद्घाटन समारोहमा बोल्दै प्रमुख खाँणले विद्युतीय सवारी साधन प्रवर्द्धन देशलाई हरित यातायाततर्फ लैजाने महत्वपूर्ण कदम भएको बताए। यस्ता पूर्वाधारको विकासले वातावरणीय संरक्षणका साथै दिगो विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले निजी क्षेत्रको अग्रसरतालाई सह्रानीय बताए।शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले नेपालमा ईभीको प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि चार्जिङ पूर्वाधार त्यसअनुसार नबढेको उल्लेख गर्दै यो ग्याप पूर्ति गर्न आफूहरू क्रियाशील रहेको बताए ।

    ‘यो चार्जिङ स्टेशन हामीले केवल व्यवसायिक उद्देश्यका लागि मात्र होइन, वातावरणीय उत्तरदायित्वका दृष्टिकोणले पनि स्थापना गरेका हौं,’ उनले भने। खतिवडाका अनुसार कम्पनीले दीर्घकालीन योजनासहित देशका अन्य भागमा पनि यस्ता स्टेशन विस्तार गर्ने योजना बनाएको छ।

    images
    images

    पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले विद्युतीय सवारी साधन सञ्चालनको लागि चार्जिङ स्टेशन र वर्कशप अत्यावश्यक भएको भन्दै आफ्ना संस्थाको निरन्तर प्रयासपछि शशिला मोटर्सले यो महत्त्वपूर्ण परियोजना कार्यान्वयनमा ल्याएको बताए ।यस चार्जिङ स्टेशनबाट विद्युतीय बस, कार, भ्यानलगायत सबै प्रकारका ईभीलाई द्रुत, भरपर्दो र प्रविधिमैत्री सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend