images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • महिनावारी नजिकिँदा किन दुख्छ तल्लो ढाड...

महिनावारी नजिकिँदा किन दुख्छ तल्लो ढाड ?

महिनावारी नजिकिँदा किन दुख्छ तल्लो ढाड ?

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • महिनावारीको मिति नजिकिँदा धेरै महिलाहरूले एकै किसिमको गुनासो गर्छन्-‘तल्लो ढाड दुखेर बस्न उठ्नै गाह्रो हुन्छ ।’यो समस्या महिनावारीको समय नजिकिँदा मात्र होइन । महिनावारी हुँदा पनि देखिन सक्छ ।यस्तोमा प्रश्न उठ्छ, ‘महिनावारी आउनै लाग्दा र महिनावारी हुँदा शरीरको यो भाग किन दुख्छ ? के सधैं यस्तो पीडा सहेर बस्नुपर्ने हो ? यसको कुनै उपचार छैन ?

    images
    images

    किन दुख्छ ?

    महिनावारी सुरु हुनुभन्दा केही दिनअघि महिलाको शरीरमा ‘प्रोस्टाग्लान्डिन’ नामक रसायनको उत्पादन बढ्छ । यो रसायनले पाठेघरको मांसपेशी खुम्चाउन मद्दत गर्छ, जुन गर्भाशय भित्रको रक्तस्राव बाहिर निकाल्न आवश्यक हुन्छ ।तर, यही प्रोस्टाग्लान्डिनको मात्रा धेरै भएमा यो मांसपेशीहरू अत्यधिक खुम्चिन्छ, जसले पेटसँगै तल्लो ढाड र जाँघतिर चिसो किसिमको दुखाइ ल्याउँछ ।यो कहिलेकाहीँ यति गहिरो र गम्भीर हुन्छ कि दुखाइ मेरुदण्डको तल्लो भाग हुँदै कम्मर र पिठ्यूँसम्म फैलिन्छ ।

    images
    images

    पाठेघर खुम्चिनु र ढाड दुखाइको सम्बन्ध

    पाठेघर शरीरको मध्य भागमा रहेको अङ्ग हो, जुन मेरुदण्ड नजिक हुन्छ । जब पाठेघरको मांसपेशी खुम्चिन्छ, त्यहाँका स्नायुहरू पनि प्रभावित हुन्छन् । विशेषतः तल्लो ढाडको क्षेत्रमा रहेका स्नायुहरूले पाठेघरबाट आउने सन्देशलाई ओसारपोसार गर्छन्।जब प्रोस्टाग्लान्डिनको कारण मांसपेशी धेरै तन्किन्छ, स्नायुहरूमाथि पनि दबाब पर्छ, जसको परिणामस्वरूप कम्मर दुख्ने अनुभव हुन्छ ।

    शरीरको संरचना पनि कारक

    तल्लो ढाड दुखाइको एक अन्य महत्वपूर्ण कारण शरीरको संरचनागत अवस्था पनि हो ।महिलाको नितम्ब क्षेत्र पुरुषको तुलनामा फराकिलो हुन्छ । पाठेघरको भार अगाडितिर ढल्किएको हुन्छ । जसले महिनावारीका बेला तल्लो मेरुदण्डमा चाप दिन सक्छ। महिनावारी नजिकिँदा गर्भाशय केही सुन्निएको वा भारी महसुस हुनसक्छ, जसले मेरुदण्डमा थप चाप सिर्जना गर्छ ।साथै, लामो समय कुर्सीमा बस्ने, झुकेर मोबाइल चलाउने वा बसाइ आसन ठिक छैन, वा लामो समय बस्ने काम गर्नुपर्ने वातावरण छ भने महिनावारीको बेला यो असर अझ बढी देखिन्छ ।महिनावारीको समयमा यो तनाव अझ चर्किन्छ, जसले गर्दा ढाड दुखाइ बढी महसुस हुन्छ ।

    तनाव र मानसिक अवस्था

    महिनावारीका दिनहरूमा मात्र होइन, त्यसको केही दिनअघि देखिने लक्षणहरूमध्ये तनाव, थकान र निद्रा नलाग्ने समस्या प्रमुख छन् । यी सबै मानसिक अवस्थाले मांसपेशीहरू झन् कडा पार्छ । तनावले स्नायुहरूको कार्यसम्पादनमा अवरोध ल्याउँछ । त्यसैले ढाड दुखाइ केवल शारीरिक कारण होइन, मानसिक थकान र असन्तुलनको पनि असर हो ।

    चिकित्सकलाई कहिले देखाउने ?

    धेरैजसो महिलाहरूका लागि महिनावारीको बेला हुने तल्लो ढाड दुखाइ सामान्य र समयसँगै आफैँ कम हुने प्रकृतिको हुन्छ । तर, कहिलेकाहीँ यो दुखाइ सामान्य सीमाभन्दा पर जान सक्छ र स्वास्थ्यका दृष्टिले गम्भीर संकेत पनि हुन सक्छ ।

    – उठ्न, सुत्न वा हिँड्न गाह्रो हुने गरी निरन्तर दुखिरहन्छ भने यसलाई सामान्य मान्न मिल्दैन ।

    – पेनकिलर खाँदा पनि दुखाइ नघट्ने अवस्था चिन्ताजनक हुनसक्छ ।

    –  महिनावारीको चक्र अनियमित हुनु र सँगै ढाड दुख्नु ।

    -. महिनावारी नभएका बेला पनि निरन्तर कम्मर दुख्नु रोगसँग सम्बन्धित हुन सक्छ ।

    – दुखाइसँगै ज्वरो, वान्ता वा पिसाब पोल्ने समस्या देखिएमा संक्रमणको संकेत हुन सक्छ ।

    महिनावारीले दैनिक जीवन प्रभावित पार्न थालेको छ, ओषधिले पनि काम गर्दैन भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । यदि तल्लो ढाड दुखाइ अत्यधिक हुन्छ, दैनिक काम गर्नै नसक्ने हुन्छ भने त्यो ‘डिस्मेनोरिया’ को लक्षण हुनसक्छ ।डिस्मेनोरिया यो प्रायः प्रोस्टाग्लान्डिन रसायनको कारणले गर्भाशयको अत्यधिक संकुचनले हुने गर्छ । यो सामान्य भए पनि गम्भीर अवस्थामा चिकित्सकीय परामर्श आवश्यक हुन्छ ।त्यस्तो अवस्थामा स्त्रीरोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ । कहिलेकाहीँ यो दुखाइ पाठेघरको भित्री समस्या (जस्तैः ईन्डाेमेट्रियोसिस वा फाइब्रोइडको संकेत पनि हुन सक्छ ।ईन्डोमेट्रियाेसिस यो एक स्वास्थ्य अवस्था हो, जसमा गर्भाशयको भित्री तह बाहिर बढ्छ। यसले गम्भीर ढाड दुखाइ नम्त्यिाउन सक्छ । फाइब्रोइड अर्थात् गर्भाशयमा मासुको डल्ला पलाएमा पनि ढाडमा दबाब सिर्जना गर्छ ।खराब जीवनशैली, शरीरका गतिविधि कम हुनु, अस्वस्थ खानपान पनि रढाड दुखाइलाई बढावा दनि सक्छ ।

    दुख्नेबित्तिकै के गर्न सकिन्छ ?

    – हल्का स्ट्रेचिङ र व्यायाम गर्दा शरीरमा इन्डोर्फिन नामक प्राकृतिक पेनकिलर हर्मोन निस्कन्छ, जसले दुखाइ कम गर्छ ।

    – तातोपानीको बोतलले कम्मर सेक्दा रक्तसञ्चार बढेर मांसपेशीलाई आराम मिल्छ । ईन्डोमेट्रियाेसिस यो एक स्वास्थ्य अवस्था हो, जसमा गर्भाशयको भित्री तह अन्यत्र फैलिन्छ । यसले गम्भीर ढाड दुखाइ नम्त्यिाउन सक्छ ।

    गर्भाशयमा पलाउने फाइब्रोइड्सले पनि ढाडमा दबाब सर्जिना गर्छ ।

    खराब जीवनशैलीले कम शारीरकि गतविधि, अस्वस्थ खानपान र अनुचति मुद्राले ढाड दुखाइलाई बढावा दिन सक्छ शेषगरी बिहान वा सुत्नुअघि सेकाइ गर्दा आराम मिल्न सक्छ।

    – म्याग्नेसियम, भिटामिन बी ६, ओमेगा–३ युक्त आहारले प्रोस्टाग्लान्डिनको असर घटाउन मद्दत गर्छ । महिनावारी सुरुनुभन्दा हप्ता दिन अगाडिदेखि यस्तो आहार सुरु गर्दा
    लक्षणहरू कम हुन सक्छन् ।

    – अत्यधिक दुखिरहेको छ भने चिकित्सकको सल्लाहमा पेनकिल्लर खान सकिन्छ । तर, दुख्नेबित्तिकै खाइरहने बानी भने बनाउन हुँदैन । लागातार खाँदा अन्य गम्भीर साइडइफेक्ट हुनसक्छ ।

    –  शरीरलाई विश्राम दिँदा पुनः ऊर्जा सञ्चय हुन्छ । महिनावारीको समयमा सामान्यभन्दा केही बढी सुत्नु पनि फाइदाजनक हुन सक्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend