images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • त्रिविमा तीन सुत्रीय माग राखेर नेविसंघको...

त्रिविमा तीन सुत्रीय माग राखेर नेविसंघको प्रदर्शन

त्रिविमा तीन सुत्रीय माग राखेर नेविसंघको प्रदर्शन

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तीन सुत्रीय माग राखेर प्रदर्शन गरेको छ ।सोमबार बिहान बल्खु सडकदेखि कीर्तिपुर उपकुलपति कार्यालयसम्म चक्काजामा गरेको त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले बताए ।

    images
    images

    प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपकराज जोशी, नेविसंघ केन्द्रीय सदस्य डन्डीराज जोशी, नेविसंघ त्रिवि समिति बडैला, ताहाचल क्याम्पसका नेविसंघ नेता पुष्पराज बटाला लगायतका विद्यार्थीहरू सहभागी थिए ।विद्यालय शिक्षा ऐन, सरकार शिक्षक महासङ्घ मुद्दामा बढी केन्द्रित नभई विद्यार्थी र शिक्षाको हितमा केन्द्रित हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक विद्यार्थी प्रतिनिधित्व  बिना मान्य नहुने, सम्पूर्ण शिक्षकदेखि प्राध्यापकसम्मका नियुक्तिहरु सत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर प्रदर्शन गरिएको त्रिवि स्ववियु अध्यक्ष जोशीले बताए ।

    विद्यालय शिक्षा विधेयकको छलफल रोकेकोमा पनि नेविसंघले विरोध जनाएको छ । ‘आवधिक बढुवाको विरुद्धमा कार्यसम्पादन मूल्याङ्कन अङ्क ९० र दरबन्दी मिलान र विद्यालय मर्ज गरिनुपछै’, जोशीले भने ।विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल विद्यार्थी संघले विभिन्न ठाउँमा प्रदर्शन गरेको प्रवक्ता सुरज सेजुवालले बताए । ‘विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल विद्यार्थी सङ्घले उपत्यकाका विभिन्न स्थानमा आज विरोध प्रदर्शन गरेको छ’, उनले भने ।संघले माग सम्बोधन नभए थप सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend