काठमाडौं। कालिमाटि फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज(सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
हिजो ९५ रुपियाँमा बिक्री भएको गोलभेंडाको मूल्य आज ९६ रुपियाँ पुगेको छ । किलोमा ११ रुपियाँले बढेको हो । त्यस्तै आज सुकेको प्याज प्रतिकिलो १०३ रुपियाँ तोकिएको छ । हिजो भने ९२ रुपियाँ रहेको थियो । साथै, यसदिन घिरौंला २० रुपियाँ महँगो भएको छ । अघिल्लो दिन ३५ रुपियाँमा कारोबार भएको घिरौंला बढेर ५५ रुपियाँ पुगेको हो ।
कालिमाटीमा आज करेला ४६, परवर ७६, घिउसिमी ८६, रायो साग ९६, डल्ले च्याउ ४००, कुरिलो ३५०, सेलरी २७५, पार्सले १२५०, हरियो धनिया ४०० रुपियाँ र ब्रोकाउली २५० रुपियाँमा किनबेच भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।




.gif)





