images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आज राती भारी वर्षाको सम्भावना,कहाँ कहाँ...

आज राती भारी वर्षाको सम्भावना,कहाँ कहाँ छ वर्षा ?

आज राती भारी वर्षाको सम्भावना,कहाँ कहाँ छ वर्षा ?

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • काठमाडौंः आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभाग साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images
    images

    मधेश प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    भोलि देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images

    बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend