images

२०८३ आश्विन १८ गते

images
images
images

कर्णालीमा ६४ दशमलव ८६ प्रतिशत बजेट खर्च

कर्णालीमा ६४ दशमलव ८६ प्रतिशत बजेट खर्च

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ६४ दशमलव ८६ प्रतिशत बजेट खर्च गरेको छ।प्रदेश लेखा नियन्त्रक कार्यालय, वीरेन्द्रनगरका लेखा नियन्त्रक रत्नप्रसाद सुवेदीले यही असार २५ गते राति १२ बजेसम्म सो परिमाणमा बजेट खर्च भएको बताए। उनका अनुसार चालुतर्फ ७५ दशमलव ५९ प्रतिशत र पुँजीगततर्फ ५८ दशमलव ६३ प्रतिशत खर्च भएको छ।

    images
    images

    प्रदेश सरकारले ल्याएको ३१ अर्ब ३० करोड २१ लाख ८५ हजारमध्ये २० अर्ब ३० करोड ११ लाख ७१ हजार ७५७ रूपैयाँ खर्च भएको जनाइएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुल बजेट ३३ करोड ५७ लाख ३२ हजार रहेकामा १८ करोड २७ लाख ३२ हजार ८७१ रूपैयाँ २९ पैसा खर्च भएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयको कुल बजेट १७ करोड ५३ लाख ५५ हजार रहेकामा १३ करोड ९७ लाख ९३ हजार २३ रूपैयाँ ३७ पैसा खर्च भएको छ।उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयको कुल बजेट एक अर्ब ९५ करोड  १९ लाख ९८ हजार बजेटमध्ये एक अर्ब ४१ करोड ७९ लाख ५७ हजार २३७ रूपैयाँ ७३ पैसा खर्च भएको छ भने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले दुई अर्ब ८६ करोड ८४ लाख १६ हजारमध्ये दुई अर्ब २८ करोड १४ लाख ३३ हजार २९ रूपैयाँ २२ पैसा बजेट खर्च गरेको छ।

    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको एक अर्ब ८६ करोड ४२ लाख १६ हजारमध्ये एक अर्ब २९ करोड ३० लाख १६ हजार २८३ रूपैयाँ ५३ पैसा बजेट खर्च भएको छ। साथै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कुल ३७ करोड ५६ लाख ८० हजार बजेटमध्ये २६ करोड ६९ लाख ६७३ रूपैयाँ ५७ पैसा खर्च भएको छ।प्रदेशको सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १० अर्ब ४३ करोड ५८ लाख नौ हजारमध्ये पाँच अर्ब ९९ करोड ८५ लाख ८७ हजार १६३ रूपैयाँ ५८ पैसा बजेट खर्च गरेको छ। सामाजिक विकास मन्त्रालयले भने रु पाँच अर्ब ६९ करोड पाँच लाख ३७ हजारमध्ये चार अर्ब नौ करोड ६५ लाख २१ हजार ७४२ बजेट खर्च गरेको छ। 

    images
    images

    प्रदेश सरकारले स्थानीय तहलाई पठाएको कुल चार अर्ब ८३ करोड ३५ लाख ८१ हजारमध्ये चार अर्ब ३८ करोड २१ लाख ९५ हजार २०९ रूपैयाँ बजेट खर्च भएको छ। प्रदेश व्यवस्थापिकामा १४ करोड ५० लाख विनियोजन गरेकामा ११ करोड २५ लाख ३७ हजार ३६६ रूपैयाँ खर्च भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend