images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री निवासअघि प्रदर्शन गर्ने नेविसंघका नेता...

प्रधानमन्त्री निवासअघि प्रदर्शन गर्ने नेविसंघका नेता प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री निवासअघि प्रदर्शन गर्ने नेविसंघका नेता प्रहरी नियन्त्रणमा

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • काठमाडौं । बालुवाटारबाट नेपाल विद्यार्थी संघ नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीले नेविसंघका काठमाडौं अध्यक्ष अन्शुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पसका नेविसंघ अध्यक्ष प्रेम श्रेष्ठ, नेविसंघका कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरिका नेविसंघ उपाध्यक्ष रोहन देशार र त्रिचन्द्रका नेविसंघ नेता सतिश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रहरी वृत्त मालीगाउँमा राखिएको नेविसंघ नेता डा. नरेश भट्टले जानकारी गराए ।

    images
    images

    विद्यालयमा दोहोरो भर्ना बन्द गर्नुपर्ने, छात्रवृत्तिको परादर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनु पर्ने र विश्वविद्यालयमा योग्यता आधारित नियुक्ति हुनुपर्ने लगायतका माग राखेर उनीहरूले प्रदर्शन गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend