नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले 'सि–कार' सञ्चालनमा आएको छ। बिहीबार एक कार्यक्रम गरी सोरूम सञ्चालनमा ल्याइएको हो।सि–कारमा नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको सोरूम, एसोसेरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुविधा एकै स्थानमा उपलब्ध भएको सि कारका संस्थापक रोशन घिमिरेले बताए।
सवारी साधनसम्बन्धी एकै थलोमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको उनको भनाइ छ।कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको बिवाइडीको नयाँ सोरूमले ग्राहकलाई सहज हुनेछ।साथै सि–कारमा विभिन्न ब्राण्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन्। ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेञ्जका पनि सुविधा पाउनेछन्।
कम्पनीले सवारी खरिदबिक्रीका साथै सि–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ ६ वटा विद्युतीय सवारी चार्ज गर्न सकिनेछ। कम्पनीले यसका लागि द्रुत गतिमा चार्ज हुने सुविधा ल्याएको छ।त्यस्तै, ग्राहकले सि–कार परिसरमै रहेको इटालियन रेस्टुरेन्टको मज्जा लिन सक्नेछन्। त्यति मात्रै होइन, सि–कारमा सवारी साधनका स्पेयर पार्टस् पनि सुलभ मूल्यमै उपलब्ध हुनेछन्।कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रूपमा सम्पूर्ण जिम्मेवारी लिनेछन्।
'ग्राहक अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रूपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर ल्याएका छौं,' घिमिरेले भने।साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ। सि–कारमार्फत सवारीको बीमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन्। जसका लागि उनीहरूले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन।
कम्पनीले ग्राहकहरूलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ। विभिन्न वर्गीकरणका सदस्यता योजनामा सि–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पनि पाउने कम्पनीको भनाइ छ।चार रोपनी क्षेत्रमा फैलिएको सि–कारमा करिब ५० जनाले रोजगारी पाएका छन्।




.gif)





