काठमाडौँः Korea Import Fair (KIF-2025) मा FEEN सहभागिता । यही जुलाई ७ देखि ९, २०२५ सम्म सियोल कोरियामा भइरहेको Korea Import Fair (KIF-2025) मा FEEN का प्रतिनिधि मण्डल सहित सहभागि भई Nepal Pavilion लाई प्रतिनिधित्व गरिएको छ ।
उक्त मेलामा FEEN का अध्यक्ष श्री गोविन्द प्रसाद घिमिरेको नेतृत्वमा १५ भन्दा बढी व्यवसायहरूको सहभागिता रहेको उल्लेख गराएका छन्।
यसै सन्दर्भमा नेपालबाट राजदूत श्री शिवमाया तुम्बाहाम्फेले उक्त मेलामा Nepal Pavilion को उद्घाटन गर्नुभएको जानकारी पनि प्राप्त भएको छ।
नेपाल र कोरिया बीच व्यापार विस्तार भई दुई देशको सम्बन्ध सुदिृढ हुने र निर्यात व्यवसायमा नयाँ अवसरहरू सिर्जना हुने महासघं का अध्यक्ष गोविन्द प्रसाद घिमिरेको विश्वास छ ।




.gif)





