शंकर ग्रुपको जगदम्बा मोटर्सले काठमाडौंको अटोमोटिभ हब रहेको थापाथलीमा प्रोटोन इमासको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले शोरुमको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
थापाथलीमा शोरुम खोल्न पाउँदा हर्षित छौं, जुन हामीले आगामी वर्ष स्थापना गर्ने योजना बनाएका धेरै शोरुमहरूमध्ये यो पहिलो हो,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हाम्रो उद्देश्य जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास शोरुम खोल्ने हो । यी शोरुमहरू कम्पनीको स्वामित्वमा रहने र कम्पनीद्वारा सञ्चालित हुनेछन्, ताकि प्रत्येक ग्राहकले प्रोटोन इमास छनोट गर्दा उत्कृष्ट सेवा र अनुभव प्राप्त गर्न सकून् ।’
कार्यक्रममा ब्रिजेश श्रेष्ठले इमास मोडेलसँगको आफ्नो अनुभव र सन्तुष्टि साझा गर्दै भने,‘यो मेरो र मेरो परिवारको लागि उत्तम गाडी हो, यसको ड्राइभिङ अनुभव अरू कसैसँग तुलना गर्न सकिँदैन र साँच्चै विद्युतीय सवारी हो ।’शोरुम उद्द्घाटनको विशेष कार्यक्रममा कम्पनीले नेपाली बजारमा आफ्नो विश्वास प्रदर्शन गर्दै प्रोटोन इमास(७, पाँच ग्राहकलाई हस्तान्तरण गरेको थियो ।
यी हस्तान्तरणमध्ये, ब्रान्डकी नयाँ ग्राहक, अभिनेत्री केकी अधिकारीले भनिन्, ‘मैले गाडी चलाउने बित्तिकै मलाई यो गाडी मन पर्यो, मैले यसलाई नेपालमा शंकर ग्रुपले ल्याएको थाहा पाएपछि नै यो किन्ने निर्णय गरें ।’




.gif)





