images

२०८३ आश्विन १९ गते

images
images
images

ताप्लेजुङमा तीन सातापछि हवाई उडान

ताप्लेजुङमा तीन सातापछि हवाई उडान

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • ताप्लेजुङ। ताप्लेजुङमा तीन सातापछि  हवाई उडान भएको छ । खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो । 

    images
    images

    नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौँबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए।

    बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए। हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौँसम्म प्रति व्यक्ति रु नौ हजार २००  भाडा दर कायम गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend