ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्सले मनसुन लक्षित देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’ योजना सार्वजनिक गरेको छ ।यो विशेष सेवा(सर्भिसिङ) अभियान असार २५ देखि २७ गतेसम्म (९ देखि ११ जुलाइसम्म) सञ्चालन हुनेछ, जसले देशभरका ग्राहकलाई विभिन्न फाइदा प्रदान गर्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार चुनौतीपूर्ण अवस्थाका लागि तयार पार्न र मनसुन सिजनमा गाडीहरूको उत्कृष्ट कार्यसम्पादन तथा सुरक्षा सुनिश्चित गर्न गाडी चेक-अप तथा मर्मत सेवाहरू प्रदान गर्ने उद्देश्यले ‘मनसुन चेक-अप क्याम्प’ ल्याइएको हो ।
यस चेक-अप क्याम्पमा सहभागी भई ग्राहकले विभिन्न आकर्षक अफरको लाभ लिन सक्नेछन् । सहभागीहरूले आफ्नो गाडीको सहजता र सुरक्षा कायम राख्नका लागि सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसैगरी, टप वासमा शतप्रतिशत छुटसहित गाडीलाई चकमदार राख्न सक्ने छन् ।ग्राहकहरूले सस्पेन्सन पार्ट्समा आवश्यक पाटपुर्जा रिप्लेसमेन्ट तथा फेरबदल गर्दा लेबर चार्जमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
यसबाहेक, गाडीमा सामान्य बडी सप जबहरूमा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको लाभ लिन सकिनेछ । यी लाभहरूले गर्दा ग्राहकहरूको लागि मनसुनमा आवश्यक गाडी सर्भिसिङ तथा मर्मतकार्य अझ किफायती बनेको कम्पनीले जनाएको छ ।ग्राहकहरूलाई आफू नजिकै गुणस्तरीय र आधिकारिक सेवा प्राप्त गर्न सहज बनाउँदै, मनसुन चेक-अप क्याम्प, ओमोडा एन्ड जेइकोको देशव्यापी रहेका विभिन्न आधिकारिक सेवा केन्द्रहरूमा एकै साथ सञ्चालन हुनेछ । देशभर विभिन्न १२ वटा सेवा केन्द्रहरूमा चेक-अप क्याम्प आयोजना हुँदैछ ।काठमाडौं उपत्यकाभित्र सीतापाइला (एसपीजी अटोमोबाइल्स) र भक्तपुर (परिवार कार क्लिनिक) तथा उपत्यका बाहिर वीरगन्ज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ), र चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजि), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), बिर्तामोड (ओपी इन्टरनेशनल), दाङ (एनएल मोटो कर्प) र सुर्खेत (बुटवल भेराइटी)मा मनसुन चेक-अप क्याम्प सञ्चालन हुँदैछ ।
एसपीजी अटोमोबाइल्स, ग्राहकहरूलाई आफू नजिकैको ओमोडा एन्ड जेइकोको आधिकारिक सेवा केन्द्रमा गई मनसुन चेक-अप क्याम्पमा उपलब्ध विभिन्न छुटहरूको लाभ उठाई आफ्नो सवारी साधन मनसुनका यात्राहरूका लागि तयार पार्न कम्पनीले आग्रह गरेको छ ।




.gif)





