काठमाडौं। एलआरआर ग्रुपले जिलीको ग्यालेक्सी ई–फाइभ एसयूभी नेपाली बजारमा ल्याएको छ । केही समयदेखि जिलीका गाडी नेपाल आउने चर्चा भइरहेको थियो । हाल केही युनिट गाडी आइसकेको र छिट्टै थप गाडी आउने कम्पनीका व्यवसाय प्रमुख अनिल पोखरेलले जानकारी दिए । यसको आधिकारिक बिक्री छिट्टै नै सुरू गर्ने पोखरेलको भनाई छ । चिनि
कार निर्माता जिलीले उत्पादन गरेको ग्यालेक्सी ई–फाइभ अन्तर्राष्ट्रिय बजारमा राम्रो संख्यामा बिक्री हुँदै आएको क्रसओभर एसयूभी हो । जिली ग्यालेक्सी र प्रोटोन इमास–सेभेन एउटै गाडी हो ।ग्यालेक्सी ई–फाइभमा जिलीकै ‘एजिस सर्ट ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री’ प्रयोग भएको छ । विभिन्न दुई भेरियन्टमा नेपाल आएको ई–फाइभमा ६०.२२ किलोवाट आवरको ठूलो ब्याट्री मात्रै उपलब्ध हुनेछ ।
मूल्यको हिसाबले भेरियन्ट अनुसार ५७ लाख र ६७ लाख हाराहारी हुने भए पनि ब्याट्री साइज भने एउटै हुने कम्पनीको भनाइ छ । उक्त ब्याट्रीले ४१० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले प्रमाणित गरेको छ ।यसमा एचयूडी हेडअप डिस्प्ले, १०.२ इन्चको फ्लोटिङ एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.४ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर प्रयोग भएका छन् ।ग्यालेक्सी ई–फाइभ ४०० भोल्ट आर्किटेक्चरमा बनेको एसयूभी हो ।




.gif)





