images

२०८३ आश्विन १७ गते

images
images
images

सीजी इलेक्ट्रोनिक्सद्वारा नयाँ टेलिभिजन सार्वजनिक

सीजी इलेक्ट्रोनिक्सद्वारा नयाँ टेलिभिजन सार्वजनिक

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke टेलिभिजन सार्वजनिक गरेको छ। 'CG Meridia 55" Karaoke QLED TV' नाम दिइएको सो टेलिभिजनमा QLED डिस्प्ले र इनबिल्ट कराओके प्रणाली एउटै उपकरणमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

    images
    images

    चौधरी ग्रुप अन्तर्गतको प्रमुख उपभोक्ता प्रविधि ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले 'Level Up' अभियानअन्तर्गत सार्वजनिक गरेको उक्त उत्पादनलाई कम्पनीले नेपाली मनोरञ्जन संस्कृतिमा नयाँ अध्यायको रूपमा प्रस्तुत गरेको छ। “Secret Rockstar अब तपाईंको घरमै” भन्ने नारासहित बजारमा ल्याइएको टेलिभिजनले प्रयोगकर्तालाई टेलिभिजन हेर्ने मात्र नभई गाउने, रमाउने र आफ्नै प्रस्तुति दिने अवसरसमेत दिनेछ।

    टेलिभिजनमा Quantum Dot प्रविधिसँग युक्त QLED + 4K UHD डिस्प्ले, HDR10+ सपोर्ट, Anti-Glare स्क्रिन, र झिनो बेजलसहितको Infinite Screen डिजाइन समावेश गरिएको छ। थप आकर्षक विशेषता स्वरूप यसमा इनबिल्ट Karaoke System दिइएको छ, जसमा डुअल माइक इनपुट, भोकल इफेक्ट तथा गीतहरूको लायब्रेरी समावेश छ।साथै, यसमा रहेको Audio Drum™ Bass इञ्जिन र टिभीमै एकीकृत Cinema Soundbar प्रणालीले कराओके गायन अनुभवलाई थप सशक्त बनाउने कम्पनीको दाबी छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend