images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • एससीटी–यूपीआई कार्डबाट बिगमार्टमा भुक्तानी गर्दा...

एससीटी–यूपीआई कार्डबाट बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने

एससीटी–यूपीआई कार्डबाट बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२० बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ।जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम सय रुपैयाँ हुने गरीे छुट प्राप्त गर्नेछन्। 

    images
    images

    यो छुट पाउन एससीटी–यूपीआई कार्ड प्रयोग गरी पस मेसिनमार्फत नै भुक्तानी गर्नुपर्नेछ। यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागू हुने एससीटीले जनाएको छ। एससीटीले यसअघि बिगमार्टमै एससीटी स्मार्ट वेइन्सडे अफर दिँदै आएको थियो जसमा एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाइन्थ्योे। सो अफर अगस्टको पहिलो बुधबारदेखि पूर्ण सुचारु हुने पनि उल्लेख गरिएको छ। यो छुट एससीटीको सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूले पाउनेछन्।

    एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यस अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य छ। एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend