images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • टाटाले ल्यायो ‘७.७ डिल्स लाइक नेभर...

टाटाले ल्यायो ‘७.७ डिल्स लाइक नेभर विफोर’ अफर, आकर्षक सुविधासहित एक्सचेन्जको अवसर

टाटाले ल्यायो ‘७.७ डिल्स लाइक नेभर विफोर’ अफर, आकर्षक सुविधासहित एक्सचेन्जको अवसर

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही असार १९ देखि २३ गतेसम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गरेको छ ।जुनसुकै ब्राण्डका पूराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.इभी, पन्च.इभी, नेक्सन के ३.इभी र कर्भ.ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ ।

    images
    images

    ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम अन्तर्गत ग्राहकलाई लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्याण्ड भ्रमण, साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारीकर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।

    सो अवसरमा ग्राहकले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ, र गाडी मूल्याङ्कन गर्दा ग्राहकलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ । एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप आईफोन १६ जित्ने अवसर समेत पाउनेछन् ।पाँच दिनसम्म सीमित यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका अधिकारिक शोरूममा यो कार्यक्रम सञ्चालनमा हुनेछ । सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ ७.७ डिल्स लाइक नेभर विफोरलाई उपभोक्तामैत्री र मूल्यवर्धक अवसरका रुपमा प्रस्तुत गरेको हो ।इच्छुक ग्राहकलाई यो अफर असार १९ देखि २३ गतेसम्म मात्र उपलब्ध हुने भएकाले समयमै नजिकको शोरूममा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend