images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • एथर स्कुटर 'बास' स्कीमसहित भारतमा ...

एथर स्कुटर 'बास' स्कीमसहित भारतमा लन्च हुँदै, मूल्य ४० प्रतिशतले घट्ने

एथर स्कुटर 'बास' स्कीमसहित भारतमा लन्च हुँदै, मूल्य ४० प्रतिशतले घट्ने

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । एथर इलेक्ट्रिक स्कुटरको मूल्य ४० प्रतिशतले घट्ने भएको छ । एथर इनर्जीले बास (ब्याट्री एज अ सर्भिस) ल्याउने घोषणा गरेपछि स्कुटरको मूल्य घट्ने भएको हो ।कम्पनीका अनुसार ब्याट्री भाडामा लिएर चलाउने भएपछि ब्याट्री बाहेकको मूल्य तिर्दा पुग्छ । त्यसैले यसको मूल्य ४० प्रतिशतसम्म घट्ने भएको हो । यस स्कीममा एथरका स्कुटर किन्दा उपभोक्ताले मासिक प्याकेजमा ब्याट्री प्रयोगको रकम तिर्नु पर्छ ।

    images
    images

    एथर इनर्जीले कम्युनिटी डेमा कम मूल्यको नयाँ प्लेटफर्ममा स्कुटर ल्याउने घोषणा गरेको छ । कम्पनीले इएल प्लेटपर्फमा रिज्टाभन्दा कम मूल्यमा स्कुटर सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

    नेपाली बजारमा एथर ब्राण्डको इलेक्ट्रिक स्कुटर सबैभन्दा धेरै बिक्री हुनेमध्येमा पर्छ । तर बास स्कीम आउनेबारे भने हालसम्म कुनै जानकारी छैन । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend