images

२०८३ आश्विन १७ गते

images
images
images

‘ग्लोबल स्काई क्लब कार्ड’ लिए यती एयरलाइन्सको टिकट निःशुल्क पाइने

‘ग्लोबल स्काई क्लब कार्ड’ लिए यती एयरलाइन्सको टिकट निःशुल्क पाइने

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौँ।  ग्लोबल आइएमई बैंकका ग्राहकले ‘ग्लोबल स्काई क्लब कार्ड’लिएमा यती एयरलाइन्सको टिकट निःशुल्क पाउने भएका छन्।याे कार्डले नियमित काराेबार गरेमा ग्राहक तथा यात्रुले विशेष छुट, बोनस पोइन्ट, प्राथमिक चेक-इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्ने सक्ने बताए यती एयरलायन्सका विजनेश तथा मार्केटिङ प्रमुख युवराज विष्टले ।

    images
    images

    ‘ग्लोबल स्काई क्लब कार्डबाट बैंकका ग्राहकलाई सरप्राइज प्याकेजसहित नवीन सुविधाको अनुभव गराउने लक्ष्यका साथ याे स्किम ल्याएकाे हाे,’ विष्टले भने।त्यसैगरी, कार्डबाहेक ग्राहकले यती एअरलाइन्सको कुनै पनि टिकट खरीद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ।

    विष्टकाे अनुसार याे स्किम निरन्तर चल्ने छ। बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस पोइन्ट पाउँछन्।यस्तो बोनस छुट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ। कार्डका माध्यमबाट पीओएस (पोइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँ बराबर १ माइलेज पोइन्ट प्राप्त हुनेछ यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिइने विष्टले बताए ।

    images
    images

    ग्लोबल स्काई क्लब कार्डबाहेकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन्। यती एयरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ। यस्तो कार्डबाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सिमाभन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एयरलाइन्समा पाइने भएको छ। बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ।ग्लोबल आईएमई बैंकसँगको सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राही लाभान्वित हुने बताउँछन् विष्ट। ‘याे स्किम लामाे जानेछ र दुवै संस्थाका ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउनेछ र भविष्यमा अझ नयाँ र परिस्कृत सेवा ल्याउने विश्वास छ,’ विष्टले भने ।

    गत जेठमा काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend