images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले इक्रा नेपालबाट पायो...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले इक्रा नेपालबाट पायो ‘ए’ रेटिङ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले इक्रा नेपालबाट पायो ‘ए’ रेटिङ

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले इक्रा नेपालबाट इक्रा आईआरे ए इश्युअर रेटिङ प्राप्त गरेको छ।यस रेटिङले कम्पनीको वित्तीय दायित्वहरू समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ। यस प्रकारको रेटिङ पाएका कम्पनीहरूमा ऋण असुलीको जोखिम कम हुने मानिन्छ।

    images
    images

    कम्पनी लाई प्रदान गरिएको ‘ए’ रेटिङमा मर्ज भएका दुई कम्पनी सगरमाथा इन्स्योरेन्स (१९९६ देखि सञ्चालन) र लुम्बिनी जनरल इन्स्योरेन्स (२००५ देखि सञ्चालन) को लामो सञ्चालन अनुभव मुख्य आधारका रूपमा समावेश गरिएको छ। यी दुई कम्पनी मर्ज भई सन् २०२३ को मार्चमा सलिको बनेको हो। मर्जपछि कम्पनीको कुल सम्पत्ति, सञ्चालनको दायरा र बजार हिस्सा वृद्धि भएको छ ।

    श्रीलंकास्थित सेइलिन्को होल्डिङ्स पीएलसी जस्ता संस्थागत प्रवर्तकको उपस्थिति र बोर्डमा प्रतिनिधित्व, २०७९ साउनसम्म २.७६ गुणा सोल्भेन्सी अनुपात (न्यूनतम नियामकीय सीमा १.३ गुणा) तथा अनुभवी व्यवस्थापन समूहले कम्पनीलाई थप सुदृढ बनाएको छ।तर, मर्जपछिको अवधिमा केही चुनौतीहरू पनि देखिएका छन्। आर्थिक वर्ष २०८१ को पहिलो ९ महिनामा आएको बाढीका कारण क्षतिपूर्ति दाबीमा तीव्र वृद्धि भएको छ, जसले कम्पनीको अन्डरराइटिङ प्रदर्शन कमजोर बनाएको छ। सो अवधिमा कुल १ अर्ब ९ करोड रुपैयाँ बराबरको दाबी दर्ता भएकोमा ४९ करोड ५० लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

    images
    images

    यसैबीच, कम्पनीको प्रिमियम आम्दानीमा गिरावट आउँदा अन्डरराइटिङ नोक्सानी भएको छ भने संयुक्त अनुपात ९६ प्रतिशतबाट बढेर करिब १०३ प्रतिशत पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend