images

२०८३ आश्विन १७ गते

images
images
images

मञ्जुश्री फाइनान्सको परिमार्जित वेबसाइट सार्वजनिक

मञ्जुश्री फाइनान्सको परिमार्जित वेबसाइट सार्वजनिक

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो नयाँ परिमार्जित वेबसाइट सार्वजनिक गरेको छ। हालै सार्वजनिक गरिएको यो वेबसाइट अत्यन्तै ग्राहकमैत्री र जानकारीमूलक बनेको छ।फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले बताए अनुसार, ग्राहकहरूको सुविधा र थप सेवा प्रदान गर्ने उद्देश्यले वेबसाइटलाई सहज र प्रयोगकर्ता मैत्री बनाइएको हो।

    images
    images

    यो वेबसाइटमार्फत प्रयोगकर्ताले संस्थाको बारेमा विस्तृत जानकारी, संस्थाका उत्पादन तथा सेवा सम्बन्धी विवरण, सार्वजनिक प्रकटीकरण अन्तर्गतका सबै जानकारी प्राप्त गर्न सक्नेछन्। साथै, अनलाइनबाटै खाता खोल्ने सुविधा, अनलाइन एफडी गराउने सुविधा र वेब बैंकिङ मार्फत खाताबाट कारोबार गर्ने सेवा पनि सजिलै उपलब्ध छ।

    परिमार्जित वेबसाइटले ग्राहक सेवालाई अझ सुदृढ बनाउन र संस्थाको सार्वजनिक प्रकटीकरणमा पारदर्शिता ल्याउन सहयोग पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ। आधुनिक प्रविधिलाई आत्मसात गर्दै मञ्जुश्री फाइनान्सले आफ्नो ग्राहकहरूका लागि नवीनतम सेवा निरन्तर प्रदान गर्दै आएको छ।

    images
    images

    कम्पनीले अहिलेसम्म २२ अर्ब निक्षेप संकलन गरी करिब  १८.२ अर्ब कर्जा परिचालन गरेको छ। निक्षेपमा आकर्षक ब्याजदर र कर्जामा सुलभ दर उपलब्ध गराउँदै आइरहेको छ। हाल कम्पनीसँग २७ शाखा र एक विस्तारित काउन्टरमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend