images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • प्रोटन इमास बन्यो ‘शार्क ट्यांक नेपाल’...

प्रोटन इमास बन्यो ‘शार्क ट्यांक नेपाल’ को आधिकारिक प्रायोजक

प्रोटन इमास बन्यो ‘शार्क ट्यांक नेपाल’ को आधिकारिक प्रायोजक

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । प्रतिष्ठित मलेसियाली अटोमेकर प्रोटोनको अग्रणी विद्युतीय सवारी साधन प्रोटन इमास ‘शार्क ट्यांक नेपाल’को आधिकारिक साझेदार बनेको छ ।हिमालय टेलिभिजनमा प्रसारण हुने नेपालको व्यावसायिक रियालिटी टेलिभिजन कार्यक्रम ‘शार्क ट्यांक नेपाल’सँग आफ्नो प्रायोजन साझेदारीको घोषणा गर्न पाउँदा गर्व गरेको जनाएको छ । 

    images
    images

    प्रोटन इमासले साहसी विचार र दिगो व्यावसायिक भिजनका साथ भविष्यलाई आकार दिने दूरदर्शी नेपाली उद्यमीहरूलाई समर्थन गर्ने भएकोले, यो सहकार्यले नवप्रवर्तन र उद्यमशीलतालाई अगाडि बढाउने विश्वास रहेको जनाएको छ । 

    “यो साझेदारीले नेपालका भविष्यका उद्यमीहरूलाई थप प्रोत्साहित गर्न मद्दत गर्ने विश्वास लिएका छौँ,” नेपालका लागि प्रोटोनका अधिकृत डिलर जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “नवप्रवर्तन मार्फत अगाडी बढाउन प्रतिबद्ध ब्रान्डको रूपमा, प्रोटन इमास ‘शार्क ट्याङ्क नेपाल’सँग साझेदारी गर्न पाउँदा उत्साहित छ । एउटा प्लेटफर्म, जसले महत्वाकांक्षा, रचनात्मकता र उद्यमशीलताको भावनालाई समर्थन र सहयोग गर्दछ । हामी विश्वास गर्छौं, यो साझेदारीले ुक्लीन मोबिलिटीु प्रति हाम्रो समर्पणलाई मात्र होइन, स्मार्ट, ग्रिनर र थप उद्यमशील नेपालको लागि हाम्रो साझा दृष्टिकोणलाई थप पुष्टि गर्दछ ।”

    images
    images

    यो सहकार्यपछि, प्रोटन इमास ‘शार्क ट्याङ्क नेपाल’मा यस सिजनभर प्रमुखताका साथ प्रस्तुत हुनेछ, जसले दर्शकहरूलाई प्रोटोन इमासको नवीन ईभी प्रविधि र दिगो उद्देश्यको भित्री झलक दिनेछ । यो अटो ब्रान्ड नेपाली उद्यमीहरूको बुद्धिमत्ताको साथमा रहदै सधै उनीहरूको पछाडी उभिने छ र उनीहरूको लागि यो अनुभवलाई रोमाञ्चक र उत्साहजनक बनाउनेछ ।प्रोटोन इमास दक्षिणपूर्व एशियामा ुक्लीन मोबिलिटीु क्रान्तिको नेतृत्व गर्न डिजाइन गरिएको नयाँ पुस्ताको विद्युतीय सवारी साधन हो । 

    शार्क ट्यांक नेपाल विश्वव्यापी रूपमा प्रसिद्ध उद्यमशीलता रियालिटी शोको नेपाली रूपान्तरण हो, जसले स्थानीय स्टार्टअप र उद्यमीलाई आफ्नो नवीनतम व्यावसायिक विचारलाई सफल लगानीकर्ताहरूको प्यानल वा शार्कहरू समक्ष प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend