images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • नेको इन्स्योरेन्सको नाफा साढे ६८ करोड...

नेको इन्स्योरेन्सको नाफा साढे ६८ करोड माथि, कुल बीमाशुल्क ३ अर्ब नजिक, अन्य सुचक कस्तो ?

नेको इन्स्योरेन्सको नाफा साढे ६८ करोड माथि, कुल बीमाशुल्क ३ अर्ब नजिक, अन्य सुचक कस्तो ?

images
images
बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • काठमाडौँ । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २.७ प्रतिशत घटेको छ ।

    images
    images

    कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कुल ७० करोड ५० लाख रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा ६८ करोड ५७ लाख रुपैयाँ छ ।

    नाफा घट्दा कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ३५ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ३४ रुपैयाँ छ ।

    images
    images

    कम्पनीको नाफा घट्नुको मुख्य कारण खुद प्रिमियम आम्दानी घट्नु मुख्य कारण देखिन्छ । कम्पनीको खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड रहेकोमा गत आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब ६६ करोड रुपैयाँ छ । कुल आम्दानी ३.९ प्रतिशत घटेर गत आर्थिक वर्ष २ अर्ब ५२ करोड छ ।

    २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीको विशेष कोषमा २ अर्ब ९ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा १४ करोड ५५ लाख रुपैयाँ छ । सञ्चित नाफा ५६ करोड ७८ लाख छ ।

    कम्पनीको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ८१ पैसा छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ९९९ रुपैयाँ ९० पैसा छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend