images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • दिल्लीमा ६० लाखभन्दा बढी पुराना सवारी...

दिल्लीमा ६० लाखभन्दा बढी पुराना सवारी साधनहरूमा इन्धन प्रतिवन्ध

दिल्लीमा ६० लाखभन्दा बढी पुराना सवारी साधनहरूमा इन्धन प्रतिवन्ध

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौँ । दिल्लीमा लागू गरिएको वायु प्रदूषण विरोधी कडा अभियानको बीचमा दिल्लीभरका पेट्रोल र डिजेल स्टेशनहरूमा सामान ढुवानी गर्ने, निजी कार र दुई पाङ्ग्रे सवारी साधनहरसहित अनुमानित ६१ लाख १४ हजार ७ सय २८ सवारी साधनहरूलाई इन्धन निषेध गएको स्थानीय यातायात विभागका एक अधिकारीले बताएका छन् । यो नियम मंगलवारदेखि लागू भउको हो । 

    images
    images

     दिल्ली विश्वभरका सबैभन्दा प्रदूषित राजधानी शहरहरूमध्ये एक थियो । विशेष गरी जाडो महिनाहरूमा वायु प्रदूषण वायु गुणस्तर सूचकांकको हिसावले १ हजारको खतरनाक स्तरमा पुगेको थियो । पेट्रोल र डिजेलमा सञ्चालित पुराना सवारी साधनहरूलाई प्रायः यहाँ वायु प्रदूषणको प्रमुख योगदानकर्ता मानिन्छ । इन्धन प्रतिवन्ध अन्तर्गत १५ वर्षभन्दा पुराना पेट्रोल सवारी साधनहरू र १० वर्षभन्दा पुराना डिजेल सवारी साधनहरूलाई इन्धन भर्नबाट रोकिनेछ र प्रवर्तन एजेन्सीहरूले तुरुन्तै जफत गर्नेछन् । 

    यी मध्ये ४० लाखभन्दा बढी सवारी साधनहरू दुई पाङ्ग्रे सवारी साधनहरू भएको भनिएको थियो । पुरानो सवारी साधनहरू वा विशेष अनुमतिपत्र भएका र कम्प्रेस्ड प्राकृतिक ग्यासमा सञ्चालित सवारी साधनहरूलाई इन्धन प्रतिबन्धबाट छुट दिइनेछ । दिल्लीभरि लगभग ५०० इन्धन स्टेशनहरूमा स्थापित स्वचालित नम्बर प्लेट पहिचान क्यामेराहरूद्वारा पहिचान गरिनेछ । चरणवद्ध योजनाको एक भागको रूपमा यस वर्ष नोभेम्बरदेखि गुरुग्राम, फरीदाबाद, गाजियाबाद, गौतम बुद्ध नगर र सोनीपत लगायत दिल्लीका पाँच उच्च सवारी घनत्व भएका जिल्लाहरूमा यस्तै प्रतिवन्ध लागू गरिनेछ । आदेशअनुसार राष्ट्रिय राजधानी क्षेत्रका बाँकी भागहरू अर्को वर्ष अप्रिलदेखि इन्धन प्रतिवन्ध अन्तर्गत पर्नेछन् । एजेन्सी

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend