images

२०८३ आश्विन १७ गते

images
images
images

वाईवाई चाउचाउमा ११ प्रतिशतले आम्दानी घट्यो

वाईवाई चाउचाउमा ११ प्रतिशतले आम्दानी घट्यो

images
images
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौंः १७ असार । नेपालमा वाईवाई चाउचाउ उत्पादन गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको सिजी फुड्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१।८२ को ९ महिनामा मात्रै ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

    images
    images

    यो आम्दानी सन् २०२५ को जनवरी देखि सेप्टेम्बर सम्मको अवधिमा भएको हो। गत केही वर्षको वित्तीय तथ्यांक हेर्दा सिजी फुड्सको कारोबारमा यदाकदा गिरावट आए पनि समग्रमा यसको आर्थिक प्रगति उकालो लागिरहेको छ।

    सन् २०१९ मा ६ अर्ब ८९ करोड, सन् २०२० मा ५ अर्ब ६६ करोड, सन् २०२१ मा ७ अर्ब २३ करोड, र सन् २०२२ मा ८ अर्ब १ करोड बराबरको कारोबार भएको थियो। त्यस पछिका वर्षहरूमा केही घटबढ भए पनि सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड र सन् २०२४ मा ८ अर्ब १० करोड  आम्दानी गरेको थियो।

    images
    images

    सन् २०२३ को तुलनामा सन् २०२४ मा करिब ११ प्रतिशतले आम्दानी घटेको भए पनि कम्पनीको ब्रान्ड मूल्य, वितरण क्षमता र ग्राहकको निष्ठामा कुनै कमी देखिएको छैन।

    सिजी फुड्सको वित्तीय विश्वसनीयतालाई अझ बलियो बनाउने पक्ष भनेको इक्रा नेपालले दिएको ‘इक्राएनपी एवान’ क्रेडिट रेटिङ हो। करिब ९९ करोड ५५ लाखको अल्पकालीन ऋणका लागि यस्तो रेटिङ प्राप्त गर्नु कम्पनीको जोखिम व्यवस्थापन र दायित्व निर्वाह क्षमताको सूचक हो।

    सन् १९८४ मा स्थापना भएको यो कम्पनी अहिले निर्वाण चौधरीको नेतृत्वमा अगाडि बढिरहेको छ। कम्पनीमा निर्वाणको ७६ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी सेयर एमएस अपोलो इन्भेष्टमेन्ट २० प्रतिशत, वरुण चौधरी ४ प्रतिशत, राहुल चौधरी ०.२ प्रतिशत र अन्य तीन जना सेयरधनीको नाममा बाँडिएको छ।

    सन् २०२३ मा कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो, जसले पारदर्शिता र संस्थागत विकास तर्फको प्रतिबद्धता देखाउँछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend