काठमाडौँः नेपाल राष्ट्र बैंकले हुन्डी मार्फत हुने अवैध कारोबारलाई निरुत्साहित गर्न कडा कानुनी कारबाहीको चेतावनी दिएको छ। बैंकले एक सचेतनामूलक सूचना सार्वजनिक गर्दै गैर कानुनी हुन्डी कारोबार नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार राष्ट्रबाट इजाजत प्राप्त बैंक, वित्तीय संस्था वा विप्रेषण कम्पनी बाहेक अन्य माध्यमबाट हुने अन्तरदेशीय रकम स्थानान्तरण, भुक्तानी वा हिसाब मिलाउने कार्य हुन्डी कारोबार अन्तर्गत पर्छ, जुन कानुनी रूपमा अपराध रहेको उल्लेख गरेको छ ।





.gif)





