काठमाडौंः लुम्बिनी केवलकार लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीले आगामी साउन ३ गते काठमाडौँको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा बिहान ९ः०० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको अधिकृत तथा चालु पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।




.gif)



