images

२०८३ आश्विन १७ गते

images
images
images

काठमाडौँ गोंगबुमा यामाहाको नयाँ शोरुम

काठमाडौँ गोंगबुमा यामाहाको नयाँ शोरुम

images
images
शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौंः यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रा. लि. को उद्घाटन गरेको छ।

    images
    images

    टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एवम् एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रा.लि. का कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालको उपस्थितिमा शोरुमको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रममा टोखा वडा नम्बर ९ का वडा अध्यक्ष रामभक्त घिमिरेको पनि उपस्थिति थियो ।

    आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रालि ले अब यामाहाको विश्वसनीय थ्रीएसको अनुभव एकै छानामुनि उपलब्ध गराउने जनाएको छ । त्यहाँ ग्राहकहरूले विस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिससँगै सक्कली स्पेयर पार्ट्स पनि एकै स्थानमा पाउन सक्नेछन्।

    images
    images

    कार्यक्रममा बोल्दै गोपाल कुमार अग्रवालले यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड भएको बताए । गोंगबुमा मोटो क्राफ्ट्स सुरु गरेर आफूहरूले नयाँ शोरुम मात्र खोलेका नभई यामाहाका प्रत्येक ग्राहक सम्म पुग्ने गरी उत्कृष्टताको प्रतिबद्धता पनि फैलाइरहेको उल्लेख गरे ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले गोंगबुमा नयाँ थ्रीएस शोरुम सुरु गर्नु भनेको हामीले यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्‍याउने प्रयासकै अर्को कदम भएको दाबी गरे ।

    मोटो क्राफ्ट्सका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले आफूहरू मोटो क्राफ्ट्सबाट उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भरपर्दो आफ्टर सेल्स सर्भिस मार्फत पनि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न समर्पित रहेको बताए ।

    नयाँ शोरुमको शुभारम्भ सँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ। अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend