images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • नक्कली फेसबुकमार्फत ६२ लाख ठगी गरेका...

नक्कली फेसबुकमार्फत ६२ लाख ठगी गरेका फरार युवक पक्राउ

नक्कली फेसबुकमार्फत ६२ लाख ठगी गरेका फरार युवक पक्राउ

images
images
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौँः सामाजिक सञ्जाल फेसबुक मार्फत ६२ लाख ७५ हजार २०० ठगी गरेका फरार युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

    images
    images

    सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाइ आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक सिएम कमर्सियल बैंकका मेनेजर भएको परिचय दिँदै आएका थिए ।

    उनले आफ्नो परिचय दिँदै एलेन अर्बी शाही नामक व्यक्तिको सो बैंकमा खाता रहेको, निजको कोही पनि नातेदार नभएको र पीडित कुर्मराज शाहीको जात मिल्ने भएकाले सो खातामा रहेको सम्पूर्ण रकम तपाईँको नाममा राखिदिन्छु भनी झुठ्ठा प्रलोभन देखाउँदै रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन।

    images
    images

    प्रवक्ता खतिवडाका अनुसार उक्त प्रलोभनमा परी पीडित कुर्मराज शाहीले विभिन्न मितिमा मेहताको नाममा रहेको बैंक खातामा जम्मा ६२ लाख ७५ हजार २०० पठाएका थिए । अनुसन्धानका क्रममा पीडितलाई झुटो विश्वास दिलाइ ठगी गरिएको पुष्टि भएको प्रवक्ता खतिवडाले बताए ।

    लामो समय देखि फरार रहेका मेहतालाई जिल्ला प्रहरी कार्यालयको टोलीले मङ्गलबार साँझ सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । प्रवक्ता खतिवडाका अनुसार पक्राउ परेका मेहतालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौँ पठाइएको पनि छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend