images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • पहिरोले ठप्प पारेको कालीगण्डकी करिडोर तीन...

पहिरोले ठप्प पारेको कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध

पहिरोले ठप्प पारेको कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौँः विगत तिन दिन शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुल्न सकेको छैन । सडक नखुल्दा स्थानीयवासी थप समस्यामा परेका छन् ।

    images
    images

    कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडक अन्तर्गत गरगरेमा शुक्रबार दिउँसो देखि सुक्खा पहिरो खस्दा सडक अवरुद्ध थियो । सडक थुनिएपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवल सम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । सडक सञ्चालन गर्न पहिरो ग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताएका छन । 

    सडक भन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरो ग्रस्त क्षेत्रमा खटाएका छौँ, यात्रीलाई हर्मिचौर माथिबाट देउराली हुँदै अर्बेनी कोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँु, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गा बहादुर सारुले बताएका छन ।

    images
    images

    पहिरो झर्ने क्रम नरोकिएका कारण उनले आज केलुकी सम्म पनि उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताएका छन । लामो समय सम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताएका छन । सडक कतिबेला खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहेका उनले उल्लेख गरेका छन । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend