images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • आजबाट दुई रातका लागि नौबिसे–मलेखु खण्ड...

आजबाट दुई रातका लागि नौबिसे–मलेखु खण्ड बन्द हुने

आजबाट दुई रातका लागि नौबिसे–मलेखु खण्ड बन्द हुने

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौँः पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड आज देखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने भएको छ । आईतबारदेखि मङ्गलवार बिहान सम्म रातिको १० बजेदेखि बिहान तीन बजेसम्म दैनिक पाँच घण्टा बन्द हुने मुग्लीन–नारयणघाट सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिनुभयो ।

    images
    images

    निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक खण्ड बन्द गरी काम गर्ने भएको हो । काठमाण्डौ आउने गाडीलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ भने नौबिसेबाट मलेखु जाने गाडीलाई बैरेनी, आदम घाटमा रोकिने छ ।

    सडक बन्द भएको समयमा दमकल, प्रहरी र एम्बुलेन्स लगायत अत्यावश्यक गाडीहरु बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend