images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक बर्षको वित्तीय...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक बर्षको वित्तीय सूचकको अवस्था कस्तो ?

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक बर्षको वित्तीय सूचकको अवस्था कस्तो ?

images
images
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

    images
    images

    इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६० करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको तुलनामा कम्पनीको नाफामा ८३.९५ प्रतिशतको बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    २०८१ असार मसान्तसम्ममा कम्पनीले ४ अर्ब ६७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले ३ अर्ब २४ करोड ८४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४३.८३ प्रतिशतले बढेको छ।

    images
    images

    समीक्षा वर्षमा कम्पनीले १ अर्ब ९१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १९.०७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ६० करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    शेयर पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भ शीर्षकमा २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५० करोड ७५ लाख रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड ४५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भ शीर्षकमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १३ करोड ५३ लाख रुपैयाँ र महाविपत्ति कोषमा १६ करोड ७७ लाख रुपैयाँ थियो।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २३.२२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस १७.५१ रुपैयाँ थियो। पीई रेसियो ३१.३१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २४२.०४ रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend