images

२०८३ आश्विन १८ गते

images
images
images

तीन महिना सडक खन्न निषेध, अवज्ञा गरे कडा कारबाही हुने

तीन महिना सडक खन्न निषेध, अवज्ञा गरे कडा कारबाही हुने

images
images
शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौंः संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षायामलाई मध्यनजर गर्दै तीन महिनाका लागि सडक खन्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

    images
    images

    कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै असार ३ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।

    वर्षाको समयमा धारा, ढल, बिजुली, टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गर्न नसकिने र यसले सडकलाई थप जीर्ण बनाउने भएकाले यस्तो निर्णय लिइएको कार्यालयले जनाएको छ । खनिएका सडकका कारण सवारी आवागमनमा बाधा पुग्ने र दुर्घटनाको जोखिम समेत बढ्ने हुँदा प्रतिबन्ध लगाउनु परेको हो ।

    images
    images

    कार्यालयले आफ्ना मातहतका १० वटै सडक डिभिजनलाई परिपत्र गरी कुनै पनि निकायलाई सडक खन्ने स्वीकृति नदिन निर्देशन दिएको छ ।

    सूचनाको अवज्ञा गरी कसैले सडक खनेको वा भत्काएको पाइएमा ‘सार्वजनिक सडक ऐन, २०३१’ अनुसार कडा कारबाही गरिने चेतावनीसमेत कार्यालयले दिएको छ । यो नियम लागू भए सँगै अब विकास निर्माणका नाममा जथाभावी सडक खन्ने कार्य पूर्ण रूपमा बन्द हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend