images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • भेडा पालनमा योगदान दिने गोठालोलाई सरकारले...

भेडा पालनमा योगदान दिने गोठालोलाई सरकारले दिने आर्थिक सहयोग

भेडा पालनमा योगदान दिने गोठालोलाई सरकारले दिने आर्थिक सहयोग

images
images
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • जुम्लाः जुम्लाका आठवटै स्थानीय तहका भेडा पालन किसानमा उत्साह थप्न प्रोत्साहन भत्ता अर्थात् ‘गोठालो भत्ता’को व्यवस्था गरिए पछि जुम्लाका किसान उत्साहित भएका छन् ।

    images
    images

    भेडापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेडा पालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् ‘गोठालो भत्ता’ प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले जानकारी दिए ।

    कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेडा पालन  व्यवसायमा टेवा पुगेको छ । जिल्लाको सिंजा गाउँपालिका–६ का भेडा पालक किसान भीमबहादुर रावतले भने, “यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु । अहिले १०० भन्दा बढी भेडा रहेका छन् । सो रकमले भेडाको रोग उपचार देखि अन्य खर्चमा सहयोग पुगेको भेडा पालक किसान रावतको भनाइ छ ।” 

    images
    images

    चालु आर्थिक वर्षमा यहाँका २३० जना भेडा किसानले प्रोत्साहन भत्ता पाएका छन् । कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ । जिल्लामा करिब १७ सयभन्दा बढी भेडा किसान छन् । जहाँ ८८ हजार ३८८ भेडा र ४३ हजार ३०६ बाख्रा पालिएका छन् ।

    जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेँडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले बताए । भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेडा पालक किसान रुञ्ज रावतको भनाइ छ । 

    कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्ला लगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागु गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend