images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • पहिरोले थुनिएको कालीगण्डकी करिडोर सडक अझै...

पहिरोले थुनिएको कालीगण्डकी करिडोर सडक अझै अवरुद्ध

पहिरोले थुनिएको कालीगण्डकी करिडोर सडक अझै अवरुद्ध

images
images
मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौँः अवरुद्ध कालीगण्डकी करिडोर सडक पहिरोका कारण अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टान सहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।

    images
    images

    कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक सञ्चालन गर्न सोमबार रातिसम्म पहल गरिए पनि निरन्तर पहिरो खसिरहेका कारण सञ्चालन गर्न समस्या परेको छ । सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली पहिरो ग्रस्त क्षेत्रमा खटिएको प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

    सडक अवरूद्ध पछि सवारीसाधनलाई पर्वत हुँदै वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट पर्वत, बागलुङ र पोखरा सम्म आवतजावत गर्ने यात्री थप समस्यामा परेका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend