images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • अध्यागमन कार्यालयमा प्रशासनिक समायोजन, दुई उपसचिव...

अध्यागमन कार्यालयमा प्रशासनिक समायोजन, दुई उपसचिव फिर्ता

अध्यागमन कार्यालयमा प्रशासनिक समायोजन, दुई उपसचिव फिर्ता

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौँ, १ असारः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कारबाही गर्ने चेतावनी दिए सँगै गृह मन्त्रालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई उपसचिवको काज फिर्ता गरेको छ ।

    images
    images

    गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव सुरेशराज जोशीका अनुसार कार्यालयमा काजमा रहेका उपसचिवद्वय अच्युत श्रेष्ठ र निराजन श्रेष्ठको काज फिर्ता गरिएको हो।

    ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी रहेका कर्मचारीहरूको काज फिर्ता गर्नु भनेर पत्र काटेको थियो । कार्यालयले पत्र काट्ने बेलामा दुई उपसचिव दरबन्दी भन्दा बढी काजमा हुनुहुन्थ्यो । काजमा रहनु भएका उपसचिवहरू अच्युत श्रेष्ठ र निराजन श्रेष्ठको काज फिर्ता गरिएको छ,’ उपसचिव जोशीले भने ।

    images
    images

    निराजनको दरबन्दी रहेको अध्यागमन विभागमा र अच्युतको दरबन्दी रहेको गृह मन्त्रालयमा काज फिर्ता गरिएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले  जेठ २१ गते गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई पत्र लेख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी काजमा रहेका कर्मचारीलाई दरबन्दी भएको स्थानमा काज फिर्ता गरेर त्यसको जानकारी एक साताभित्र प्रधानमन्त्री कार्यालयलाई गराउन निर्देशन दिएका थिए ।

    गृहसचिव दुवाडीले जेठ २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै अध्यागमन कार्यालय लगायत अन्यत्र पनि दरबन्दी भन्दा बढी काजमा रहेका कर्मचारीलाई दरबन्दी रहेको स्थानमा काज फिर्ता गरिएको जानकारी गराएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव प्रेमप्रसाद आचार्यले जानकारी दिए ।

    विमानस्थल अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी छ । त्यहाँ ‘पावर’ प्रयोग गरी ८ उपसचिव पुगेका थिए । निराजन र अच्युतको काज फिर्ता नहुँदासम्म कार्यालयमा उपसचिवहरू अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, खेमराज उपाध्याय, चूर्णबहादुर खत्री, सुरेश आचार्य, निराजन श्रेष्ठ, इश्वरीदत्त पनेरु र फणीन्द्र पौडेल कार्यरत थिए ।

    अब भने दरबन्दी अनुरुप ६ उपसचिव कार्यरत छन् । अध्यागमन कार्यालयमा शाखा अधिकृतको दरबन्दी १ सय २१ जनाको रहे पनि १ सय १८ जना कार्यरत छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend