images

२०८३ आश्विन १९ गते

images
images
images

अमेरिकाको एयरपोर्टमा धावनमार्गबाट चिप्लेर घाँसेमैदानमा पुग्यो विमान, सबै यात्रु सकुशल

अमेरिकाको एयरपोर्टमा धावनमार्गबाट चिप्लेर घाँसेमैदानमा पुग्यो विमान, सबै यात्रु सकुशल

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • अमेरिकाको बोस्टनमा रहेको लोगन विमानस्थलमा जेटब्लूको एक विमान धावनमार्गबाट चिप्लेर घाँसेमैदानमा पुगी रोकिएको त्यहाँका सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।अमेरिकी समयअनुसार बिहीवार बिहान घटना भएको हो । घटनामा सबै यात्रु सकुशल रहेको बताइएको छ ।

    images
    images

    यात्रुहरूलाई विमानबाट बाहिर ल्याएर नजिकैको टर्मिनलमा लगिएको थियो ।उक्त घटनालगत्तै अमेरिकाको संघीय उड्डयन प्राधिकरणले लोगन विमानस्थलमा सबै उडान रोकेको भए पनि पछि त्यसलाई खुलाएको थियो ।

    विमान शिकागोको ओहेयर अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीवार बिहान ८ः४१ मा उडेर लोगन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको थियो ।जेटब्लू एयरलाइन्सले घटनाको पूर्ण छानबिन गर्ने जनाएको छ ।अवतरणका क्रममा उक्त विमानका ब्रेकहरू जाम भएको हुन सक्ने उड्डयनविज्ञहरूले अनुमान गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend