images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • लिबर्टी माइक्रो लाइफ र बागमती प्रदेशका...

लिबर्टी माइक्रो लाइफ र बागमती प्रदेशका विभिन्न सहकारीबीच बीमा सम्झौता

लिबर्टी माइक्रो लाइफ र बागमती प्रदेशका विभिन्न सहकारीबीच बीमा सम्झौता

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं- लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले हालै बागमती प्रदेशका विभिन्न सहकारी संस्थाहरूसँग सम्झौता गरी बीमा सेवा सुचारु गरेको छ। कम्पनीको एक्जोटिक सेभिङ एण्ड क्रेडिट सहकारी, कालोपूल ५, पलेस्वां सेभिङ एण्ड क्रेडिट, टेकु, जय माँ अजिमा सेभिङ एण्ड क्रेडिट, हाडिगाउँ, क्लिक सेभिङ एण्ड क्रेडिट, रातोपूल, प्रतिभा बहुउद्देश्यीय संस्था, ललितपुर, उत्तर बाहिनी बहुउद्देश्यीय सहकारी, गोकर्णेस्वर, ज्योति मिर्मिरे सामूहिक सेभिङ एण्ड क्रेडिट, पनौतीबीच सम्पूर्ण ऋणीहरूको बीमा गर्ने सम्झौता सम्पन्न भएको हो ।

    images
    images

    आफ्नो ऋणी तथा सदस्यहरूलाई भइपरी आउने दुर्घटनामा राहत होस् तथा संस्थाको ऋणको सुरक्षा गर्ने उद्देश्यले निकै नै सस्तो दरमा लघु जीवन बीमा गराइएको हो।लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स तथा विभिन्न सहकारीका सम्बन्धित प्रतिनिधिहरूको उपस्थितिमा सम्झौता सुचारु गरेका हुन् ।

    निकै नै सस्तो, गुणस्तरीय, न्यून आय भएका वर्गलाई लक्षित तथा अनलाइनबाटै सेवा लिन पाउने भएकाले यो सेवा लिनलाई अन्य सहकारी तथा संस्थाहरूलाई पनि यो सेवाको बारेमा जानकारी गराउने संस्थाका प्रतिनिधिहरूले बताए ।लिबर्टी माइक्रोले देशैभरका सहकारीहरूमा ऋणी तथा सदस्यहरूका लागि बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend