images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • बीवाइडीको 'सिगल' र प्रोटोनको ‘इमास–५' ईभी...

बीवाइडीको 'सिगल' र प्रोटोनको ‘इमास–५' ईभी नेपाली बजारमा आउँदै

बीवाइडीको 'सिगल' र प्रोटोनको ‘इमास–५' ईभी नेपाली बजारमा आउँदै

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं— नेपाली बजारमा ४० लाख रुपैयाँभन्दा कम मूल्यमा दुई नयाँ विद्युतीय (ईभी) ह्याचब्याक कार आउने भएका छन्।चीनको बीवाइडी (BYD) ब्रान्डको ‘सिगल’ र मलेसियन ब्रान्ड प्रोटोनको ‘इमास–५ (EMAS-5)’ कार चाँडै नेपाल भित्रिने तयारीमा छन्। सिगल ह्याचब्याक (BYD Sigal) बीवाइडीले चीनमा बिक्री गर्दै आएको इन्ट्री लेभल ह्याचब्याक ‘सिगल’लाई युरोपमा ‘डल्फिन सर्फ’ नाम दिइएको छ।नेपालमा कुन नामबाट ल्याइने भन्ने स्पष्ट नभए पनि यसको सार्वजनिक प्रदर्शन साउन वा भदौमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ वा ‘नाडा अटो शो २०२५’ मा हुने अनुमान गरिएको छ। 

    images
    images

    सिगलमा १०.१ इन्च टचस्क्रिन, रेन सेन्सिङ वाइपर, १६ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामरा, वायरलेस फोन चार्जर, एलईडी लाइट, पावर ड्राइभर सिटजस्ता फिचर छन्। यसमा ३० kWh र ४३.२ kWh दुई प्रकारको एलएफपी ब्याट्री प्याक अप्सन हुनेछ, जसमा ठूलो ब्याट्रीले ३२२ किमी सिंगल चार्ज रेन्ज दिनेछ। युरोपमा यस कारलाई ६५, ८५ र ११५ किलोवाट मोटर अप्सनमा उपलब्ध गराइएको छ। नेपालमा यसको सानो मोटर भर्सन आउने सम्भावना छ।

    मलेसियन ब्रान्ड प्रोटोन अन्तर्गत आउने इमास–५ कार जिलीको ‘जिङयूआन’ ह्याचब्याक मोडलको नेपाली संस्करण हो। नेपालमा प्रोटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्स हो, र यस कारलाई कम्पनीको दोस्रो ईभी मोडलको रूपमा ल्याउन लागिएको हो। यसअघि इमास–७ नामक एसयूभी नेपाली बजारमा भित्रिएको थियो। इमास–५ मा टप भेरियन्टमा ८५ किलोवाट मोटर हुनेछ जसले १५० Nm टर्क दिन्छ, र यसमा ४०.१६ kWh क्षमताको ब्याट्री जडान गरिएको छ। यस कारमा ८.८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, मल्टीफंक्शन स्टेरिङ ह्वील, हाइकार कनेक्टिभिटी, ५० वाटको वायरलेस चार्जर, किलेस इन्ट्री, २५६ कलर एम्बियन्ट लाइट, ६-तरिकाले मिलाउने ड्राइभर सिट, र चार स्पिकर जस्ता सुविधा छन्। यी दुई ह्याचब्याक कारहरूको सुरुवाती मूल्य २७ लाखदेखि ४० लाख रुपैयाँ भित्रै रहने अनुमान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend