images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • कस्तो छ गायिका रचना रिमालको अवस्था...

कस्तो छ गायिका रचना रिमालको अवस्था ?

कस्तो छ गायिका रचना रिमालको अवस्था ?

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौँ । गायिका रचना रिमाल ह्याम्स अस्पतालमा भर्ना भएकी छन् । कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।

    images
    images

    उनको अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । सङ्क्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको छ । चिकित्सकले उनको उपचार गरिरहेका छन् । उनको अवस्था बिस्तारै सुधार भएको बताइन्छ । 

    सुरुमा उनलाई सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज ल्याइएको थियो । त्यसपछि काठमाडौँमा ल्याएर उपचार थालिएको हो ।रिमाल रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । अचानक पेट दुखेपछि उनलाई नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend