images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • ४६ हजार रुपैयाँले घट्यो ‘केटीएम २५०...

४६ हजार रुपैयाँले घट्यो ‘केटीएम २५० ड्यूक’ को मूल्य

४६ हजार रुपैयाँले घट्यो ‘केटीएम २५० ड्यूक’ को मूल्य

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं– नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम २५० ड्यूकको मूल्य एकै पटक ४६ हजार रुपैयाँ घटाएको छ । मूल्य घटाइएको बाइकको पावर र फिचर भने पुरानै रहने कम्पनीले बताएको छ ।यसअघि ७ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको केटीएम २५० ड्यूकको मूल्य घटाएर ७ लाख १३ हजार ९ सय रुपैयाँ मात्र तोकिएको छ । 

    images
    images

    नेपालभर रहेका राइडरहरुको पहुँचमा यो मोटरसाइकल पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई यसले प्रमाणित गर्ने केटीएम नेपालले बताएको छ ।एग्रेसिभ डिजाइन, पावरफुल २५० सीसी इन्जिन र रेजर–सार्प ह्यान्डलिङका लागि लोकप्रिय मानिने केटीएम २५० ड्युकले बाइक प्रेमी युवाहरूको चाहना अनुसार फरक प्रकारको सवारी अनुभव प्रदान गर्छ । नयाँ परिमार्जित मूल्यले ‘मूल्य घटाए पनि पर्फमेन्स नघटेको’ बाइकका साथ राइडरहरुले थ्रिल अनुभव गर्न सक्ने छन् ।

    नेपाली बजारमा गत चैत महिनाको सुरुमा जेन ३ केटीएम २५० ड्युक भित्रिएको थियो । केही समयका लागि यो बाइकको मूल्य ७ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको थियो र पछि केही बढाइएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend